पाकिस्तानका पूर्व मन्त्रीलाई १६ बर्षको जेल सजाय


pak-flag_650_060415081131२१ जेठ । धार्मिक मामिलामन्त्री हमिद सएद कज्मीलाई तीर्थयात्रीहरुसँग यात्राका क्रममा बढी भाडा लिएर भ्रष्टाचार गरेको आरोपमा पाकिस्तानको एक अदालतले शुक्रबार पूर्व मन्त्रीलाई भ्रष्टाचारको आरोपमा १६ बर्षको जेल सजाय सुनाएकोे छ ।

सन् २०१० मा पाकिस्तान पिपुल्स पार्टीको सरकार रहेको समयमा साउदी अरेबिया जान लागेका तीर्थयात्रीसँग सवारी भाडा बढी लिएर भ्रष्टाचार गरेको आरोपमा उनलाई जेल सजाय दिइएको बताइएको छ ।
धार्मिक मामिला विभागका अन्य दुई वरिष्ठ अधिकारीरुलाई पनि सो अदालतले १६ र ४० बर्षको जेल सजाय सुनाएको राजधानी इस्लामावादबाट आज प्राप्त समाचारमा जनाइएको छ । पाकिस्तानका सांसद र केही साउदी अधिकारीहरुसमेत यस भ्रष्टाचारमा सहभागी भएका बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्