पाकिस्तानमा आम निर्वाचन हुँदै


काठमाडौ, ९ साउन । बुधवार पाकिस्तानमा आम निर्वाचन हुँदैछ । यो पटक चुनाव अघि उम्मेद्वारहरुलाई आतङ्कित पार्न पहिले कहिल्यै नदेखिएको स्तरमा उम्मेद्वारहरुलाई धम्काउनेदेखि मार्नेसम्मका कार्यहरु भए । देशको संस्थापनले ठूलो स्तरमा मत सर्वेक्षण र मिडियालाई प्रभावित गरेर आफूले समर्थन गरेको उम्मेद्वारलाई जिताउन खोजेको रिपोर्टहरु आइरहेका छन् ।

केही महिना अघिसम्म पाकिस्तानका प्रमुख सहरहरुमा त्यहाँको सेनालाई ‘आतङ्कवादी’ भन्दै नारा लगाएको सुन्नु आश्चर्यजनक कुरा मानिन्थ्यो ।

तर यही जुलाई १३ मा केन्द्रीय लाहोरमा त्यस्तो घटना देखियो । पूर्व प्रधानमन्त्री नवाज शरिफ र उनकी छोरी मरियम आफूलाई दिइएको जेल सजायँ भोग्नको लागि देश फर्किएको दिन मानिसहरुले सेना विरुद्ध नारा लगाए ।

अघिल्लो शुक्रबार सेनाको मुख्यालय नजिकै रावलपिण्डी सहरमा ‘ए जो देशत गर्दी है, इसके पिछे बर्दी है’ यो डर र आतङ्क पछाडी सेनाको हात छ भन्ने नारा सुनियो ।

त्यसको केही दिनपछि नै अत्यन्त निर्लज्ज कदम चाल्दै शरिफको पार्टी पीएमएल–एनका बलिया नेता हनिफ अब्बासीसँग जोडिएको एक सात वर्ष पुरानो ड्रग्ससँग सम्बन्धित मुद्धामा अगष्टमा हुने निर्धारित अदालती कामकारवाही जुलाई २१ मा सारियो ।शनिवार स्थानीय समय अनुसार साढे एघार बजे उनलाई जन्म कैदको सजायँ सुनाइयो । निर्वाचनको चार दिनअघि उनलाई अत्यन्त कुशलतापूर्वक चुनावी दौडबाट हटाइएको छ ।

नवाज शरीफ देश फर्किदाँ प्रमुख सहरहरुमा उनको स्वागतमा हजारौं मानिसहरु सहभागी भएका र्‍यालीहरु निस्किए । तर मिडियाहरुले ती र्‍यालीहरुको खबर छापेनन् । त्यसको विपरित सामाजिक सञ्जाल भने यी र्‍यालीहरुका तस्वीर, भिडियो र बहसले भरिएका थिए ।बीबीसी

प्रतिक्रिया दिनुहोस्