पाटनमा एमालेका वकिलबीच गाइजात्रा


३ साउन । पुनरावदेन अदालत बार एसोसिएसन, पाटनको निर्वाचनमा एमाले निकटका वकिलहरु नै दुई खेमामा बाँडिएर प्रतिस्पर्धामा उत्रिएका छन् । २ हजार ४ सय ९१ प्रतिनिधि रहेको त्यहाँ एमाले निकटका वकिलहरुको वर्चश्व छ ।

आँकडा अनुसार, करिब १ हजार ८ सयदेखि २ हजारसम्म वकिल एमाले निकट छन् । पेसागत तथा प्रगतिशील कानुन व्यवसायी एसोसियसन (पीपीएलए) ले मेजर थापाको नेतृत्वमा आधिकारिक टीम बनाएर चुनावमा पठाएको छ भने अधिवक्ता शान्तिराम खतिवडाले अलग्गै प्यानल खडा गरेर आफूलाई पीपीएलएकै टीम भनेर उम्मेदवारी घोषणा गरेका छन् । कांग्रेस निकट वकिलका तर्फबाट राजकुमार निरौला र माओवादी निकट वकिलहरुका तर्फबाट नरबहादुर भुजेलले उम्मेदवारी दिएका छन् ।

बारमा साउन ८ गते निर्वाचन हुँदैछ । अहिलेसम्म त्यहाँ प्रगतिशील कानुन व्यवसायीहरुले जित्दै आएका छन् । यसपटक पनि मेजर थापाको टीमले जितेर त्यो परम्परा कायम रहने पीपीएलएका अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्