पाटन बारमा प्रगतिशील वकिल ढुक्क


५ साउन । बर्षौंदेखि जित्दै आएको पुनरावेदन बार एकाइ, पाटनको चुनावमा बागी समूह भन्दै एकथरीले उम्मेदवारी दर्ता गराएपछि समस्यामा परिन्छ कि भनेर चिन्तित एमाले निकट वकिलहरु आन्तरिक विवाद मिलेपछि जित्नेमा ढुक्क देखिएका छन् । साउन ८ गते हुने निर्वाचनमा उनीहरुले अधिवक्ता मेजर थापाको नेतृत्वमा टीम अघि सारेका छन् ।

प्रचार-प्रसार समितिका सदस्य सचिव बसन्तबहादुर बस्नेतका अनुसार, थापा नेतृत्वको टीमलाई जिताउन २५ वटा उपसमिति गठन गरिएको छ । शान्तिराम खतिवडाले खडा गरेको टीममा नलाग्न प्रगतिशील तथा पेसागत कानुन व्यवसायी एसोसियसन (पीपीएलए) ले आफ्ना सदस्यहरुलाई निर्देशन दिएको छ ।

बैठकमा पीपीएलएका केन्द्रीय अध्यक्ष रुद्र नेपाल र महासचिव इश्वरी भट्टराईले संगठनको आधिकारिक संयन्त्रद्धारा घोषित मेजर थापाको समूहलाई अत्यधिक मतले विजय गराउन निर्देशन दिँदै पुनरावेदन अदालत वार एसोसिएनको विगतको गरिमा र सानलाई यथावत कायम राख्न अनुरोध गरे ।

बैठकमा पेशागत महासंघका उपाध्यक्ष शंकर सुवेदी, पेशागत जिल्ला कमिटीका निर्वाचन आयोगका अध्यक्ष कुन्साङ लामा, संयन्त्र तथा पिपिएलए पुनरावेदन विशेष जिल्ला कमिटीका कार्यबाहक अध्यक्ष जयराम थापा, पुनरावेदन अदालत वार एसोसिएसन पाटनका अध्यक्ष रुद्र पोख्रेल, पीपीएलका केन्द्रीय कोषाध्यक्ष डेकेन्द्र सुवेदी, हर्कजित लामा र देवी भट्टराईलगायतका बक्ताले मेजर थापाको समुहलाई विजयी गराउनुपर्नेमा जोड दिए ।

बैठकमा एमालेको केन्द्रीय विभागका सदस्यहरु मिलन राई, अविकेशर ओली, गोपाल श्रेष्ठ, सोम लुइँटेल, जिल्ला कमिटीका सदस्यहरु रिता सिंखडा, शिवराम तिमल्सिना, तेज ढकाल, अनेरास्ववियुका उपाध्यक्ष तथा अधिवक्ता महेश बर्तौला, बाग्मती सम्पर्क कमिटिका अध्यक्ष अधिवक्ता श्याम बस्नेत, कोशीका अध्यक्ष अधिवक्ता नन्दकुमार राई, महाकालीका सल्लाहकार अधिवक्ता रामदत्त ओझा, झापा सम्पर्क मंच झापाका अध्यक्ष तथा अधिवक्ता तुलसी मैनाली, चितवनका अध्यक्ष अधिवक्ता धर्मराज पौडेल, ईलाका कमिटीका नेताहरु भुवन निरौला, सूर्यबहादुर गुरुङ्ग, लेखनाथ अधिकारी, शाखाका अध्यक्ष रमेश कोईराला, पुवेअ बारका सचिव चिरन्जिवी खतिवडा, प्रविण प्रधान, कृष्ण भण्डारी, बाबुराम राई, मुकुन्द पौडेल, कुमार घिमिरेका साथै नेपाल ल क्याम्पसका स्ववियुका पुर्व सभापति होम दोङ्ग, उपसभापति टिकाध्वज खड्का, बद्री नगरकोटी, हरी पंगेनी, हरी मैनाली, अनोज कार्की, अनिल श्रेष्ठलगायतले सुझाव दिएका थिए ।

निर्वाचन सचिवालयले अन्तिम चुनावी सभा साउन ६ गते दिउँसो २ बजे योगम्बर बैंकेट बग्गीखानामा आयोजना गर्ने निर्णय गरेको छ । वैठकको सभापतित्व निर्वाचन प्रचार प्रसार मूल समितिका संयोजक सानुराज पोख्रेल, सञ्चालन सदस्य सचिव वसन्त वस्नेत र स्वागत सहसंयोजक नवराज तिमिल्सिनाले गरेका थिए ।

को को छन् मेजरको टीममा ?

bar

प्रतिक्रिया दिनुहोस्