पानमा नयाँ नेतृत्व, अध्यक्षमा अधिकारी


१२ मंसिर । नेपाल जनसंख्या संघ (पान)को अध्यक्षमा त्रिभूवन विश्वविद्यालयका सहप्राध्यापक डा.केशव प्रसाद अधिकारी चयन भएका छन् । शनिवार भएको १५ औं साधारणसभाले अध्यक्षसहित सबै पदाधिकारी र सदस्यहरु सर्वसम्मत रुपमा चयन गरेको हो । समितिको उपाधक्ष्यद्धयमा डा.होमनाथ चालिसे र डा।नेपाली साह महासचिवमा पुष्प बस्नेत, सचिबमा डोरेनबहादुर थापा कोषाध्यक्षमा मनमाया मिश्र चयन भएका छन् । यसैगरी सदस्यहरुमा चेतन अधिकारी, झविन्द्र पाण्डे, चाँदनी राणा, विजयमणी देवकोटा, चिरन्जीवी बस्नेत,तुलसा दुलाल र तान्त्रिकराज खनाल चयन भएका छन् ।
नेपालको जनसंख्या र विकासलाई एकिकृत मुद्धाका रुपमा उठाउन र सामाजिक सवालहरुमा अनुसान्धान गरी नीति निर्माण तहमा सहयोग गर्ने उद्धेश्यले २०३२ सालमा पानको गठन भएको थियो ।  पानमा जनसंख्या बिषयमा स्नात्तकोत्तर गरेकाहरु सदस्य हुन सक्छन् । यस अघि पानको अध्यक्ष त्रिभूवन विश्वबिद्यालय जनसंख्या अध्ययन केन्द्रीय बिभागका प्रमुख प्रा.डा. रामशरण पाठक अध्यक्ष थिए ।

प्रतिक्रिया दिनुहोस्