पानी जहाजको कुरा गर्दा बाल्टीमा कागजको डुंगा हालेर मजाक उडाउने ?


काठमाडौं, १३ जेठ । प्रधानमन्त्री केपी ओलीले सरकारले जलमार्गसम्मको पहुँचको अधिकार स्थापित गर्दै पानी जहाज संचालन गर्ने योजना अघि सार्दा मजाकको विषय बनाइएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको संसदमा जवाफ दिँदै प्रधानमन्त्री ओलीले आक्रोश व्यक्त गरेका हुन् । ‘नेपालमा पानी जहाजका कुरा गर्दा नबुझ्ने मान्छेले अलि पछि मात्र थाहा पाउने भए अहिले त बाल्टीमा कागजको डुंगा हालेर मजाक उडाइरहेका छन्, हतारो गर्नु हुँदैन त्यस्ता मान्छेलाई बुझ्न समय लाग्नेभो’, ओलीले थपे,‘पहिलेपहिले छुवाछुत र विभेद अन्त्यको कुरा गर्दा यसैगरी मजाक उडाएको मैले भोगेको छु तर अहिले त्यस्ता कुरा सामान्य भइसके ।’

प्रतिक्रिया दिनुहोस्