पार्टी एकतालाई गति दिने समझदारी


काठमाडौं, १ जेठ । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच पार्टी एकता प्रक्रियालाई गति दिने समझदारी भएको छ । एमाले वैदेशिक मामिला विभागको कार्यालय, तुल्सिलाल स्मृति भवन ललितपुरमा आज भएको भेटवार्तामा त्यस्तो समझदारी भएको हो । ‘उहाँहरुबीच पछिल्लो समयमा सुस्ताएको पार्टी एकतालाई गति दिने र आगामी मे ३० र ३१ मा हुने कार्लमाक्र्स द्विशतवार्षिकी सम्बन्धि अन्तराष्ट्रिय गोष्ठिलाई प्रभावकारी बनाउनेलगायतका विषयमा समझदारी भएको छ ।’ भेटपछि नेपालका स्वकीय सचिव मोहन गौतमले भने ।
माओवादी केन्द्रका मन्त्रीहरु प्रधानमन्त्री केपी ओलीसँग असन्तुष्ट रहेकाले पार्टी एकतासम्बन्धि गृहकार्य प्रभावित भइरहेको चर्चा चलिरहेका बेला दुई नेताबीच भेटवार्ता भएको हो ।

प्रतिक्रिया दिनुहोस्