पार्टी एकता घोषणा हुनुभन्दा अगाडि नै सभागृहमा कार्यकर्ताको भिड


काठमाडौ, ३ जेठ । एमाले माओवादी पार्टी एकता घोषणा हुनुभन्दा २/३ घण्टा अगाडिदेखि नै राष्ट्रिय सभागृहमा भिड लागेको छ ।
दुवै पार्टी एकताको खुसीयालीमा नेता तथा कार्यकर्ताको भिड लागेको हो । यसैबीच एमाले माओवादी पार्टी एकता संयोजन समितिको बैठक अहिले पुन बसिरहेको छ । यता एमाले माओवादी एकताको खुसीमा आज साँझ बालुवाटारमा जलपान हुदैछ । जलपान कार्यक्रममा माओवादी तथा एमालेका नेता कार्यकर्ता गरि करिब ७ सहभागी हुने बताइएको छ । यतिवेला बालुवाटार बेहुली झै सिंगारिएको छ ।

प्रतिक्रिया दिनुहोस्