पार्टी एकता संयोजन समितिको बैठक ओली निवासमा, पार्टी एक गरेरै छाड्ने पोखरेलको प्रतिवद्धता


काठमाडौँ, पुस २५ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच उच्चस्तरीय भेटवार्ता भएको दुई दिनपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक बस्ने भएको छ ।  आज दिउँसो ३ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बैठकको आयोजना गरिएको अध्यक्ष ओलीका  प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।  बैठकले पार्टी एकता, सरकार गठन लगायतका विषयमा छलफल गर्ने बुझिएको छ ।  एमाले महासचिव ईश्वर पोखरेलले पनि बैठकमा  विचार, सिद्धान्त, संगठनको ढाँचा सबैका बारेमा गम्भीर छलफल हुने जानकारी दिए ।  । ‘हामीले केही ‘इपिसोड’ देखाइ दिऔँ न त भनेर एकताको कुरा गरेको होइन । यो पूरा गर्छौ गरेरै छाड्छौँ,’ पोखरेलले भने, ‘केही नियत वाङ्गिएका रहेछन् भने पनि छलफलका क्रममा देखिने छ । तर, एक हुने कुरा रोकिन्न । यो त अघि बढ्यो, बढ्यो । एक हुने भनेको घप्लक्क अँगालो हालेर हुने कुरा होइन । केही प्राविधिक कुरा पनि छन् । त्यसैले केही समय लाग्छ ।’

प्रतिक्रिया दिनुहोस्

पार्टी एकता संयोजन समितिको बैठक ओली निवासमा, पार्टी एक गरेरै छाड्ने पोखरेलको प्रतिवद्धता


 

काठमाडौँ, पुस २५ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच उच्चस्तरीय भेटवार्ता भएको दुई दिनपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक बस्ने भएको छ ।

आज दिउँसो ३ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बैठकको आयोजना गरिएको अध्यक्ष ओलीका  प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।  बैठकले पार्टी एकता, सरकार गठन लगायतका विषयमा छलफल गर्ने बुझिएको छ ।  एमाले महासचिव ईश्वर पोखरेलले पनि बैठकमा  विचार, सिद्धान्त, संगठनको ढाँचा सबैका बारेमा गम्भीर छलफल हुने जानकारी दिए ।

‘हामीले केही ‘इपिसोड’ देखाइ दिऔँ न त भनेर एकताको कुरा गरेको होइन । यो पूरा गर्छौ गरेरै छाड्छौँ,’ पोखरेलले भने, ‘केही नियत वाङ्गिएका रहेछन् भने पनि छलफलका क्रममा देखिने छ । तर, एक हुने कुरा रोकिन्न । यो त अघि बढ्यो, बढ्यो । एक हुने भनेको घप्लक्क अँगालो हालेर हुने कुरा होइन । केही प्राविधिक कुरा पनि छन् । त्यसैले केही समय लाग्छ ।’

प्रतिक्रिया दिनुहोस्