पार्टी एकता सफल भएरै छाड्ने– एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली


काठमाडौ, ९ बैशाख । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले दुइपार्टी बीचको एकता प्रक्रियालाई सफल पार्ने बताएका छन् ।

कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा एमाले र माओवादीले संयुक्त रुपमा काठमाडौमा आयोजना गरेको कार्यक्रममा ओलीले कसैलाई दोष लगाउने र कसैको टाउकोमाथि जिम्मेजारी फालेर उम्किने ठाउँ नभएकोले एकता सफल पारेरै छोड्ने भताएका हुन् ।

एकतालाई सफल पार्ने बाहेक आफूहरुसँग अर्को विकल्प नभएको बताउदै उनले भने, ‘हामी त्यो ठाउँमा पुगिसक्यौं, जुत्ता मिलेन भने खुट्टा ताछेर भएपनि मिलाउनुपर्छ । यो बाहेक विकल्प छैन ।ओलीले भने , ‘हामीले बजार घुम्न जाँदा देखेर टिपेर ल्याएको होइन । बडो मेहनत गरेर पार्टी एकतालाई यहाँसम्म ल्याइपुर्‍याएका छौं, त्यसकारण कसैलाई दोष दिएर उम्कन ठाउँ छैन् एकता सफल भएरै छाड्छ ।

पार्टी एकता सम्मान, समानता र सहमतिका आधारमा हुने प्रचण्डको मतमा सहमति जनाउदै ओलीले भने नेपालका महान ठुला दुई पार्टीको एकता हो त्यसअघि सेन्टिमेन्टल कुराहरु आउनु स्वभाबिक हो । लेनिनको फोटो नराखेको भन्दै कार्यक्रमको सुरुमा भएको नाराबाजीतर्फ संकेत गर्दै एमाले अध्यक्ष ओलीले भने, ‘आज पनि अलिकतिमा दाँतमा ढुंगा लागेको छ ।’ एकता प्रक्रिया निकै अघि बढिसकेको भन्दै ओलीले ठट्यौली शैलीमा भने, ‘ अस्ती मैले एकता संयोजन समितिको बैठकमा पनि भनेको थिएँ । हामी यो ठाउँमा पुगिसकेका छौं, अब जुत्ता मिलेन भनेर त्यत्तिकै हिँड्न मिल्दैन । उनले एकताअघि दुबै पार्टीमा केहि समस्याहरु हुने भएपनि एकतापछि सबै कुरा सामान्य बन्दै जाने बताए ।

उनले भने ‘बिहे गर्नुभन्दा अघि त एउटै घर हुँदैन । दुलाहाको अन्तै र दुलहीको अर्के घर हुन्छ । त्यसकारण यो घर यसको र उसको भन्ने हुन्छ । जब बिहेपछि एक भइन्छ सबैको माया लाग्न थाल्छ । यो एकता पनि त्यस्तै त्यस्तै हो ।’उनले एकताअघिका सातातिना कुरालाई गम्भीरताका साथ लिन नहुने समेत बताए ।

प्रतिक्रिया दिनुहोस्