पार्टी एकाता सरप्राइज हुने–माओवादी अध्यक्ष प्रचण्ड


काठमाडौ, ९ वैशाख । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता घोषणा सरप्राइज हुने बताएका छन् । कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा एमाले र माओवादीले संयुक्त रुपमा गरेको कार्यक्रममा प्रचण्डले आफूहरु पार्टी एकता घोषणा नजिक रहेकोले कसैले थाहा नपाई सरप्राइज हुने बताएका हुन्।

कार्यक्रम समयमै त्रुटि रहित ढंगले सुरु गर्न नसकिएको प्रति दुःख प्रकट गर्दै प्रचण्डले यो एतिहासिक परिघटनामा खटपट देखिनुलाई अस्मिरणीय घटनाको रुपमा लिँदै यसबारे शिक्षा लिनुपर्ने बताए । प्रचण्डले भने, ‘पछिल्लो चरणमा पार्टी एकतासँग सम्बन्धित वैचारिक, राजनीतिक र सांगठनीक विषयमा मिलाउन तल्लीन भएकोले त्यसका कारण कार्यक्रमको व्यवस्थापनमा ध्यान दिन नसक्दा केहि प्राविधिक समस्या देखिन पुग्यो ।’

उनले भने, आफूहरुको योजना बैशाख ९ गते नै एकता घोषणा गर्ने भएपनि सबै विषय टुंगोमा नपुगिसकेकाले केहि ढिलाई हुन पुगेको हो ।आफू र केपी शर्मा ओलीलाई पार्टी एकताबाट दायाँबायाँ गर्ने छुट नभएको प्रष्ट्र पार्दै उनले भने, चारैतिर जनताको घेरा छ, कम्युनिष्ट कार्यकर्ताको घेरा छ’ मैले र केपीजीले दायाँबायाँ गरेँ भने जनताले छुट दिने छैनन् ’पार्टी एकता प्रक्रियामा केही नबिग्रिएको भन्दै सरप्राइज हुने बताउदै प्रचण्डले संगठन, नीति लगायतका विषयमा निष्कर्षतिर पुगेको र हिजो मात्र केपी ओली र आफूले संगठनात्मक एकताको मोडालिटीबारे सहमति जुटाएको बताए ।

उनका अनुसार संगठनात्मक एकताका तीन आधार तयार गरिएको छ । पहिलोः सम्मानजनक एकता, दोस्रोः समानताको सिद्धान्त र तेस्रोः न्यायोचित एकता । यसकै आधारमा बुद्धिमतापूर्वक मोडालिटी विकास गर्ने उनले बताए । घोषणाको अन्तिम तयारीमा रहेको बताएका छन् । सतहमा देखिएका केहि विषयको टुंगो लगाउन आफू र एमाले अध्यक्ष केपी शर्मा ओली लागिपरेकाले केहि ढिलाई हुन पुगेपनि त्यस्तो गम्भीर विवाद केहि नरहेको पनि स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्