पार्टी कार्यालयमै ओलीले झलनाथ खनाललाई भने– ‘अब थाहा पाउनु भयो होला नि ?’


६ असोज । साहना प्रधान प्रतिष्ठानले नेकपा (एमाले) मुख्यालयमा आयोजना गरेको साहना प्रधानको दोस्रो स्मृतिसभा कार्यक्रममा शीर्ष नेताहरु बीचनै घोचपेच भएको छ ।

स्मृतिसभामा उपस्थित एमाले अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष वामदेव गौतमबीच अलिक बढी नै घोचपेच भयो ।999

कार्यक्रमको सुरु मै आफ्नो मन्तव्य राखेका उपाध्यक्ष गौतमले आफूलाई पटक–पटक पार्टी फुटाएको मात्र आरोप लाग्ने गरेको भन्दै आक्रोस व्यक्त गरे । ‘पार्टी फुटाएको मात्र देख्ने,’ गौतमले भने ‘पार्टी बनाएको र जोगाएको नदेख्ने ?’ गौतमले त्यसो भन्दा मञ्चमा सँगै बसेका अध्यक्ष ओली, वरिष्ठ नेता झलनाथ खनाल र अर्का वरिष्ठ नेता माधवकुमार नेपाल पनि मुस्कुराएका थिए ।

गौतमले आफ्नो मन्तव्यका क्रममा साहना प्रधानले गरेको योगदानको निकै चर्चा गरे । गौतमपछि बोलेका नेपाल र खनालले आफ्नो मनतव्यको सम्पूर्ण समय प्रधानको योगदानका बारेमा चर्चा गर्नमै खर्च गरे ।

तर, कार्यक्रममो अन्तिममा बोलेका ओलीले भने पटक–पटक गौतमतिर संकेत गर्दै घोचपेच पनि गरे । आफ्नो मन्तव्यका क्रममा ६ पटक गौतमको नाम लिएका ओलीले गौतमले पार्टी फुटाएको बारेमा होइन पार्टी जोगाएको विषयमा मात्र आफूले चर्चा गर्ने गरेको बताए ।

77hggbg

‘कार्लमाक्र्स र लेनिनहरुले पनि त धेरे गल्ती गरे होलान नि,’ ओलीले भने ‘तर, उहाँहरुको त्यो गलत पाटो हामी चर्चा गर्दैनौँ । उहाँहरुले गरेका राम्रा कामका बारेमा मात्र हामी चर्चा गर्छौ ।’

ओलीले आफ्नो मन्तव्यको केही समय गौतमको चर्चामा पनि खर्च गरे । ‘साहना प्रधानका बारेमा मलाई धेरै जानकारी छैन,’ गौतमतिर फर्किएर ओलीले भने ‘धेरै कुरा उहाँहरुलाई थाहा छ । साहनाजी ठीक भएकाले त वरिष्ठ उपाध्यक्ष जस्तो व्यक्ति पनि यहाँ आउनु भएको छ ।’ ओलीले त्यसो भन्दा गौतम मुस्कुराए । मञ्चमै बसेका खनाल र नेपाल पनि मुस्कुराए ।772

विचरा बामदेवलाई कति पीडा छ

ओलीले आफ्नो मन्तव्यका क्रममा गौतमप्रति सहानुभूति पनि प्रकट गरे । ‘उहाँ पार्टी फुटाउँदा पनि अध्यक्ष बन्न सक्नुभएन,’ओलीले भने ‘उहाँलाई कति पीडा होला ।’ ओलीले बामदेवले कहाँ–कहाँ कमजोरी गरे खोज्ने होइन राम्रा कामको मात्र खोजी गर्ने बताए । त्यसो भन्दा गौतम जुगाँमा ताउ लगाउँदै मुस्कुराए ।

झलनाथजीलाई पनि थाहा भयो होला नि ?

ओलीले आफ्नो मन्तव्यका क्रममा साहना प्रधान प्रतिष्ठानको संरक्षकमा एमालेका चार शीर्ष नेतालाई राखेकोमा खुशी व्यक्त गरे । ‘प्रतिष्ठानले म, वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र उपाध्यक्ष बामदेव गौतमजीलाई पनि राखेको रहेछ,’ ओलीले भने ‘अब त झलनाथजीलाई पनि थाहा भयो होला नी हामी चारै जनालाई संरक्षक राखेको रहेछ ।’ ओलीले त्यसो भन्दा हलभरी हाँसो गुञ्जिएको थियो ।89ghg

कृष्णप्रसाद भट्टराइले नदी–नाला बेचेको प्रसङ्ग

कार्यक्रममा बोल्दै वरिष्ठ नेता खनालले भारत भ्रमणका क्रममा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले नेपालका नदी–नाला साझा हुन भन्दा साहनाले विरोध गरेको प्रसङ्ग कोट्याएका थिए ।

साहसी नारी साहना

 नेपालले पनि आफ्नो मन्तव्यका क्रममा साहनाको प्रसंशा गरेका थिए । नेपालले साहनाले नेपालमा महिला आन्दोलनको नेतृत्व गरेका दाबी गरे । कार्यक्रम प्रतिष्ठानकी अध्यक्ष रामकुमारी झाँक्रीको समाभपत्विमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्