पार्टी कार्यालय जाँदा माइक्रोबाट लडेर पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसी घाइते


८ मंसिर । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी दुर्घटनामा परेका छन् । पूर्व उपप्रधानमन्त्री समेत रहेका केसी दिउँसो ३ बजेतिर मैतिदेवीको डेराबाट कपनमा रहेको पार्टी कार्यालय जाने क्रममा माइक्रोबाट झरेर घाइते भएको उनका भतिजा हिरा केसीले पहिलो न्युजलाई जानकारी दिए ।

‘डेराबाट पार्टी कार्यालय जाने क्रममा उहाँ चावहिल नजिक पुगेपछि माइक्रोको ढोकाबाट खस्नु भएछ,’ केसीले भने, ‘उहाँ बेहोस भएकै बेला स्थानीयले उद्धार गरेर अस्पतालसम्म ल्याउनु भएछ ।’

केसीका अनुसार चित्रबहादुरको टाउको र ढाडमा चोट लागेको छ । ‘टाउकोको स्क्यान भयो,’ केसीले भने, ‘डाक्टरले सामान्य छ भन्नुभएको छ, रिपोर्ट आएको छैन ।’
केसीको अहिले सिनामंगलमा रहेको केएमसी अस्पतालमा उपचार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्