पाल्पामा बस दुर्घटना हुँदा १२ को ज्यान गयो, १५ घाइते


पाल्पा, १८ जेठ । पाल्पाको तानसेनबाट रामपुर जाँदै गरेको बस दुर्घटना हुँदा १२ जनाको ज्यान गएको छ भने १५ जना घाइते भएका छन् ।
लु १ ख ९७५ नम्बरको यात्रुवाहक बस शुक्रबार बिहान रम्भा गाउँपालिका–४, होमिनमा सडकबाट खसेर दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय, पाल्पाका प्रमुख प्रहरी उपरीक्षक डिल्लीराज पन्तका अनुसार दुर्घटनामा ९ पुरुष र ३ महिलाको मृत्यु भए पनि सनाखत हुन बाँकी छ ।
दुर्घटनाका घाइतेहरुलाई उद्धार गरी अस्पताल लगिएको छ ।
बस सडकबाट अन्दाजी २ सय मिटर तल खसेको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्