पीडा सहन नसकेपछि पदबाट राजीनामा दिनु परेको गोपाल खड्काको भनाई


काठमाडौ, २४ जेठ । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले पदबाट राजीनामा दिएका छन । निगमका लागि जग्गा खरिद गर्ने क्रममा भ्रष्टाचारमा संलग्न भएको भन्दै मन्त्रालयमा तानिएका खड्काले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पत्रकार सम्मेलन गरेर राजीनामा दिने घोषणा गरेका हुन ।
उनले निगमलाई मार्गप्रशस्त गर्न राजीनामा दिएको बताए । उनको कार्यकाल अझै ६ महिना बाँकी थियो ।

उनले बिना जिम्मेवारी नौ महिनासम्म उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा थन्किएर बस्नु पर्दाको पीडा सैह्य नभएपछि पदबाट राजीनामा दिनु परेको पनि स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्