पीडितलाई राहत तथा सहयोग उपलब्ध गराउन नेकपा (संयुक्त)को माग


११ साउन । नेकपा (संयुक्त)ले देशका विभिन्न भागमा आएको बाढीपहिरोलगायतका विभिन्न दैविक प्रकोपबाट पिडित जनतालाई अबिलम्व राहत उपलब्ध गराउन माग गरेको छ ।

पार्टीको हालै भएको बैठकले गत वर्षको भूकम्पबाट पीडितको आवास व्यवस्थापनमा भएको ढिलासुस्तीप्रति खेद प्रकट गर्दै पीडितलाई चाँडो राहत तथा सहयोग उपलब्ध गराउन माग गरेको छ ।

विश्वमा मौलाउँदै गएको पछिल्लो आतङ्ककारी गतिविधि र यसबाट हुने गरेको जनधनको क्षतिप्रति सतर्क हुन आग्रह गर्दै समयमै सचेत हुन सरकारको ध्यानाकर्षण गराएको छ ।

पार्टीका तर्फबाट जैदेव जोशीलाई आगामी सरकारमा सहभागी गराउने निर्णय भएको प्रचार प्रमुख केदारचन्द्र शर्माले जानकारी दिए । पार्टीले असोज पहिलो साता पार्टीको केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्