पुनर्वासका निम्ति अमेरिका प्रस्थान गर्ने शरणार्थीलाई बिदाइ


४ असोज । नेपालका लागि अमेरिकी राजदूत अलाइना बी. टेपलेट्जले संयुक्त राज्य अमेरिकामा पुनर्वास हुन गइरहेकी ९०,०००औँ भुटानी शरणार्थी सरीमाया ठटाललाई आज भेटी बिदार्इ गरेकी छिन् ।

अमेरिकाको न्यू ह्याम्पशियरमा नयाँ जीवनको थालनी गर्नका लागि ठटाल आफ्ना चार सन्तानका साथ नेपालबाट भोलि प्रस्थान गर्ने भएकी छिन् । राजदूत टेपलेट्जले गत साता झापास्थित बेलाडाँगी भुटानी शरणार्थी शिविरको भ्रमण गरी तेस्रो मुलुक पुनर्वास कार्यक्रमको विषयमा छलफल गरेकी थिइन् ।

अमेरिकी दूतावासमा आयोजित समारोहमा २० वर्षभन्दा लामो अवधि  संयुक्त राज्य अमेरिकाले नेपाल सरकार, युएनएचसीआर, आईओएम तथा अष्ट्रेलिया, क्‍यानडा, डेनमार्क, नेदरल्यान्ड्स, न्यूजिल्याण्ड, नर्वे र बेलायतका सरकारहरूसँगको समन्वयमा पूर्वी नेपालमा बसोबास गर्दै आइरहेका भुटानी शरणार्थीहरूलाई सन् २००७ देखि पुनर्वास गराउन थालेको हो ।

प्रतिक्रिया दिनुहोस्