पुरा होला त दीपाश्रीको इच्छा ? जीवनसाथी नेपालीको छोरो होस्


२४ साउन । हरितालीका तीजलार्इ मध्यनजर गरी  कलाकारहरुले हजारौँ गीतहरु बजारमा ल्याएका छन् । कसैले बियर खाएर तीजमनाउने भन्छन्  त कसैले रत्यौँली गीत ।

यसै माहोलका बिच देशभक्तीले भरिएकाे तीजगीत बजारमा अाएकाे छ । योग्य वर पाँउनलाइ बर्त बस्ने हरुलाइ हुने जीवन साथी नेपाली हाेस् गीतले भनेको छ ।

हाल सम्म योग्य जीवनसाथी नभेटाएका र‌ंगकर्मी पत्रकार डिबी खड्काले लेखेकाे यो गीतमा योग्य वर खोजीरहेकी  दीपाश्री नीराैँला र गायिका निशा सुनारको अभिनय रहेको छ ।

गीत तीजमा युवतीले योग्य वर माग्ने कुरामा रहेपनि देशभक्ति र शन्देशले भरिपूर्ण छ। जातपातमा रहेको विभेदलाई लक्ष्य गरि भनिएको छः

‘बाहुनको होस् कि क्षेत्रीको भन्दिनँ जनजातीको

महादेव टुंगो लगाइदेऊ मेरो जीवनसाथीको’

नेपालीहरु विश्वभरि फैलिरहेका छन् । जुन देशमा बस्ने भएपनि नेपालप्रति माया गर्ने कुरालाई सम्बोधन गर्दै गीतमा लेखिएको छः

युकेमा होस् कि अम्रिका, जापानमा होस् जर्मनी

दयालु होस् मायालु होस् बुझ्ने होस् मनको मर्म नि

सौन्दर्य भन्ने कुरा नजरपिच्छे फरक हुने कुरा पनि गीतमा अटाइएको छ

अग्लो होस् कि होचो होस्, कालो होस् गोरो होस्

जो भएनि मेरो जीवनसाथी नेपालीको छोरो होस्

विनोद बाजुरालीले संगीत र एरेञ्ज गरेका छन्। स्वर गायिका निशा सुनारको छ । शंकर विसीले गीतको म्युजिक भिडियो निर्देशन गरेका छन् भने । विन्ध्यवासिनी म्युजिक प्रालिले बजारमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्