पुर्व सांसद जोशीको निधनप्रति सभापति देउवाद्धारा दुःख व्यक्त


काठमाडौँ, १६ साउन । नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य तथा पूर्वसांसद कृष्णकुमार जोशीको निधनप्रति नेपाली काँगे्रसका सभापति तथा पुर्वप्रधान मन्त्री शेरवहादुर देउवाले दुःख व्यक्त गरेका छन् ।
पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले
शोक विज्ञप्ति प्रकाशित गरी नेता जोशीको निधनको खबरले मर्माहत र स्तब्ध बनाएको उल्लेख गरेका छन् । उनले विज्ञप्तिमा भनेका छन् मुलुकमा लोकतन्त्र स्थापनाको आन्दोलन र पार्टी संगठनमा जोशीले पु¥याउनु भएको योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहिरहने छ ।

“उहाँको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको छ, उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गर्दछु, साथै, शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछु” विज्ञप्तिमा उल्लेख छ ।

पूर्व केन्द्रीय सदस्य जोशीको मंगलबार काठमाडौँस्थित आफ्नै निवासमा निधन भएको हो । विसं २०३४ मा काँग्रेस बैतडी जिल्ला कार्यसमितिको सभापति रहेका नेता जोशी २०४५ सालमा काँग्रेस केन्द्रीय सदस्य भएका थिए । ।

पूर्वसांसद जोशीको पार्थिव शरीरलाई आज बिहान १० बजेदेखि श्रद्धाञ्जलिका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको छ । उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्