पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे चढेको गाडी त्रिशूलीमा वेपत्ता


९ असोज । पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे चढेको गाडी त्रिशूलीमा वेपत्ता भएको छ । मुक्तिनाथको यात्रा गरेर फर्किएका घिमिरे चढेको गाडी सवा चार बजेतिर त्रिशूलीमा खसेको हो । चितवन प्रहरीका अनुसार बा ९ च १५३१ नम्बरको कार दारेचोक गाविस–३ स्थित घोप्टेभीरबाट त्रिशूलीमा खसेर हो ।

प्रारम्भिक जानकारी अनुसार कारमा सात जना सवार थिए । कारमा घिमिरेकी आमा पनि सवार थिइन् । पूर्व मुख्यसचिव समेत रहेका घिमिरे सवार कारको अहिले पनि खोजीकार्य भैरहेको छ । कारमा सवार तीन जनालाई भने उद्धार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्