पूर्वपश्चिम राजमार्गको भप्सी पुल बग्यो, रातिदेखि नै यात्रुहरु अलपत्र


बर्दिवास, २८ असार । पूर्वपश्चिम राजमार्गमा पर्ने भप्सी पुल बाढीले बगाएको छ । विहिवारदेखि लगातार आएको पानीले बाढी आएपछि महोत्तरी बर्दिवास नगरपालिकास्थित भप्सी पुल गएराती बगाएको हो । पुल बगाएपछि आवतजावतमा कठिनाई भएको छ । बाढीले पुल बगाएपछि पूर्वपश्चिम राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जानकारी दिए ।

पुल भत्किएपछि बर्दिवास नगरपालिका ५ सशस्त्र प्रहरीको माइस्थान चेकपोष्टतर्फ र रातुखोलातर्फ सयौं गाडीहरु रोकिएका छन् । रातिदेखि नै यात्रुहरु सडकमा अलपत्र छन् । कतिपय यात्रुहरु भने जोखिम मोलेर खोलाको बाढी तरेर वारपार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्