पूर्वराजादेखि, वर्तमान राष्ट्रपति र प्रधानमन्त्रीसम्मको यस्तो भयो भाइटीका (तस्बिरमा)


१६ कात्तिक  । पूर्वराजा ज्ञानेन्द्र शाहदेखि राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसम्मले भाइटीका फरकफरक ढंगले मनाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार बिहान ११ बजेर ५२ मिनेटको शुभसाइतमा आफ्ना भाइ डेगेन्द्र पाण्डेसँग शीतल निवासमै टीका लगाएकी छिन् ।  डेगेन्द्रका  दिदीहरु कल्पना भण्डारी र कविता पाण्डे पनि टीका लगाउन शीतल निवास नै पुगेका थिए ।

त्यसैगरी पूर्वराजा ज्ञानेन्द्र शाहले पनि मंगलबार बिहान ११ बजेर ५ मिनेटको शुभसाइत बहिनी शोभा शाहीका हातबाट भाइटीका लगाएका छन् ।   शोभाकै निवास कमलादीमा पुगेर उनले भाइटीका लगाएका हुन् ।

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भाइटीकामा मखमली र सयपत्री लगाएनन् । छोरा प्रकाशले सामाजिक सञ्जालमा पोष्ट गरेको तस्बिरमा पनि त्यस्तै देखिएको छ । ‘फुपु दिदीहरु दिदीहरुसहित आज भाइटीकाको दिन,’ भन्दै प्रकाशनले सामाजिक सञ्जालमा तस्बिर पोष्ट गरेका छन् ।

पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति नेपालमा संयोजक डा बाबुराम भट्टराईले पनि भाइटीका लगाएका छन् । उनले पबिनी पार्बतीसँग टिका लगाएको उल्लेख गरेका छन् । ‘भाइटीकाको दिन बहिनी पार्वतीबाट टीका ग्रहण, परिवारका अन्य सदस्यहरूबाट पनि , दिदीबहिनीहरूबाट टीका ग्रहण र उपहार आदानप्रदान’ भट्टराईले सामाजिक सञ्जालमा तस्बिरसहित स्ट्याटस लेखेका छन् ।

एमाले महासचविव ईश्वर पोख्रेरलले कान्छी दिदी सपना पौडेलसित भाइटीका लगाएको उल्लेख गरेका छन् । ‘‘कान्छी दिदी सपना पौडेलसित२०७३ सालको भाइटीका लगाउँदै, अत्यन्त प्रतिकूल अवस्थामा ( । कड़ा भूमिगत अवस्थामा पनि लुक्दै (छिप्दै म दिदीसित टिका लगाउन आइपुग्थे ।  ती प्रतिकूल दिनहरूमा पनि दिदी भिनाजुले पु¥याउनु भएको सहयोग र सद्भावलाई म कहिल्यै विर्सन सक्तिन,’ उनले लखेका छन् ।

एमाले सचिव योगेश भट्टराईले प्रगतिशील साहित्यकार एवं पूर्व शिक्षामन्त्री मोदनाथ प्रश्रितकी आमाको सातौँ पुण्यतिथिमा युवा नेताहरु उपस्थित भएको तस्बिर सार्वजनिक गरेका छन् । उनले भाइटीका दिन भाइटीका लगाएको तस्बिर सार्वजनिक गरेका छैनन ।

उनले पोष्ट गरेको तस्बिरमा ‘आदर्णीय मोदनाथ प्रश्रित र कमरेड बिजय पौडेल समक्ष समबेदना प्रकट गर्दाको क्षण’ भन्दै लेखेका छन्–‘आदर्णीय मोदनाथ प्रश्रितकी ममतामयी आमा तथा हाम्रा मित्र कमरेड बिजय पौडेलकी हजुरआमा देविकला पौडेलको निधन भएको सातौ दिन आज हामी घनश्याम भुसाल, रबिन्द्र अधिकारी, गणेश पहाडी र म वहाँको निवास थानाकोट पुगेर आमाप्रति श्रद्धान्जली र मोदनाथ प्रश्रित, बिजय पौडेल सहित परिवारका सदस्यहरुमा समबेदना ब्यक्त गरेको क्षणमा ।’
कांग्रेस नेता गुरुराज घिमिरेले भाइटीका भनेर परिवारसहितको तस्बिर सार्वजनिक गरेका छन् ।  अन्य नेता–कार्यकर्ताले पनि सामाजिक सञ्जालमा भाइटीकाका तस्बिर सार्वजनिक गरका छन् ।  7yishwor

ya

99999hcdsdfsf

garu

 

 

ya

प्रतिक्रिया दिनुहोस्