पूर्वराजाहरुले लगाएको श्रीपेच अबदेखि सर्वसाधरणले हेर्न पाउने


काठमाडौ, २९ असोज । शाहवंशको विरासतका रुपमा रहेको श्रीपेच अबदेखि सर्वसाधारणले हेर्न पाउने भएका छन् । श्रीपेच आजदेखि सर्वसाधारणले हेर्न पाउने प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बिहान नारायणहिटी दरवार संग्राहलयमा श्रीपेच, राजदण्ड लगायतहरुको प्रदर्शनी उद्घाटन गर्न लागेका हुन् । प्रधानमन्त्री ओलीले उद्घाटन गरेपछि नारायणहिटी दरवार संग्राहलय पुग्ने अवलोकनकर्ताहरुले श्रीपेच अवलोकन गर्न पाउनेछन् । पुरातत्व विभागले सुरक्षाका साथ श्रीपेचलाई प्रदर्शनमा राखिने जनाएको छ । केही महिनाअघि विभागद्वारा गठित समितिले असोजभित्र श्रीपेचलाई प्रदर्शनीमा राख्न सुझावसहितको प्रतिवेदन संस्कृति सचिवसमक्ष बुझाएको थियो । सरकारले गत आर्थिक वर्ष २०६८/६९ को बजेट कार्यक्रममा नै श्रीपेचलाई प्रदर्शनीमा राख्ने घोषणा गरे पनि सुरक्षाको कारण देखाउँदै हालसम्म प्रदर्शनमा राख्न सकिएको थिएन । गणतन्त्र घोषणापछि नारायणहिटी छाड्नुअघि पूर्वराजा ज्ञानेन्द्र शाहले श्रीपेच र राजदण्ड आफैले लैजान खोजेका थिए । तर तत्कालिन सरकारले उनलाई त्यसो गर्ने अनुमति दिएन।

प्रतिक्रिया दिनुहोस्