पूर्व प्रधानमन्त्री नेपाल मन्त्रीसहित बौद्ध–जोरपाटी सडक निरीक्षणमा


काठमाडौं, १० भदौ । पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल चावहिल–बौद्ध–जोरपाटी–साँखु सडक निरीक्षणमा निस्किएका छन् । भाईरल ज्वरोका कारण गत ३ भदौदेखि अस्वस्थ रहेका पूर्वप्रधानमन्त्री नेपाल स्वास्थ्यलाभलगत्तै आईतबार बिहानैदेखि भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई साथमा लिएर निरीक्षणमा निस्किएका हुन् ।

हेल्पिङ ह्याण्ड्स अस्पताल चावहिलमा स्वास्थ्य परीक्षणपछि वरिष्ठ नेता नेपालले चिकित्सकहरुको सुझावअनुसार कोटेश्वरस्थित निवासमै आराम गरिरहेका थिए । पूर्ण स्वास्थ्यलाभपछि पूर्व प्रधानमन्त्री नेपाल सडक निरीक्षणमा निस्किएको उनका स्वकीय सचिव नितेश पौडेलले बताए ।
हायत होटल बौद्ध अगाडिबाट वरिष्ठ नेता नेपाल, मन्त्री महासेठ, सांसदहरु, मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशकसहितको टोलीले अहिले उक्त सडक खण्डको निरीक्षण गरिरहेको छ । अघिल्लो पटक निरीक्षणका क्रममा वरिष्ठ नेता नेपालले दशदेखि १५ दिनभित्र उक्त सडक राम्रोसँग संचालन हुनेगरी मर्मत गरिसक्न ठेकेदारलाई निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्