पूर्व प्रधानमन्त्री नेपाल अमेरिका प्रस्थान


काठमाडौं, १४ भदौ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल विहिबार अमेरिका प्रस्थान गरेका छन् । अमेरिकाको न्युर्योकमा आयोजना हुने नेपाली समूदायको कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी हुन नेपाल त्यसतर्फ प्रस्थान गरेका हुन् ।
अमेरिकास्थित न्यूर्योकमा तीनओटा नेपाली संस्थाहरुको तर्फबाट नेपाली इन्टरनेशनल कमिटीले आयोजना गर्ने कार्यक्रमलाई वरिष्ठ नेता नेपालले सम्बोधन गर्ने उनका स्वकीय सचिव नितेश पौडेलले बताए । वरिष्ठ नेता नेपाल २१ भदौमा स्वदेश फर्किनेछन् ।

प्रतिक्रिया दिनुहोस्