सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका तीन जनालाई कोरोना आशंका, पाटन अस्पताल भर्ना


काठमाडौं,१ वैशाख । पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका तीन जनाको र्‍यापिड टेष्टमा कोरोना

पोजेटिभ देखिएको छ । पीसीआर विधिबाट नमुना संकलनका लागि उनीहरुको थ्रोट स्वाब लिइएको अस्पतालका निर्देशक विष्णु शर्माले बताए । उनीहरुलाई पाटन अस्पतालमा भर्ना गरिएको छ ।अपार्टमेन्टको ए ब्लकमा बसिरहेका उनीहरु २८ दिनअघि बेलायतबाट आएको खुलेको छ । उनीहरुलाई अस्पताल लगिएपछि प्रहरीले सनसीटी अर्पाटमेन्टमा मानिसहरुलाई भित्र बाहिर आवत जावत गर्न नदिई सिलबन्दी गरेको छ । अपार्टमेन्ट परिसरमा प्रहरी तैनाथ गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्