पेसागत महासंघमा नेपाल पक्ष विजयी (अपडेट)


५ असार । नेकपा (एमाले) समर्थक पेसाकर्मीहरुको छाता संगठन– पेसागत महासंघ नेपालको महाधिवेशनमा बरिष्ठ नेता माधव नेपाल पक्षधरहरुले एकलौटी जित हासिल गरेका छन् । २१ जना पदाधिकारीमध्ये नाम दोहोरिएका कारण अध्यक्ष केपी ओली पक्षधर एकजनाले मात्र जितेका छन् ।

प्रधानमन्त्री तथा अध्यक्ष ओलीले दुई दिनअघि उद्घाटन गरेको उक्त महाधिवेशनमा दुई प्यानल बनाएर निर्वाचन भएको थियो । एमालेसम्बद्ध निजामती कर्मचारी, वकिल, डाक्टर, इन्जिनियर, पत्रकार, लेखक, कलाकार, प्राध्यापक, शिक्षक, बैंक कर्मचारी, संस्थानसम्बद्ध कर्मचारीलगायतको उक्त छाता संगठनमा १ सय २० मतको फराकिलो अन्तर पार्दै विश्वनाथ प्याकुरेल पुनः अध्यक्ष निर्वाचित भएका छन् । उनको प्रतिद्वन्दीमा ओली पक्षले नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष बाबुराम थापालाई अघि सारेको थियो ।
दुबैतिरबाट उपाध्यक्षमा दीपक सुवेदी नामका दुई जना उम्मेदवार भएका कारण उनीहरु दुबैले मत पाएकाले प्याकुरेलको प्यानलबाट उपाध्यक्षमा उठेका टोमप्रसाद काफ्लेले मात्रै हारेका छन् ।

निर्वाचित हुने अन्य पदाधिकारीमा बरिष्ठ उपाध्यक्ष प्रेमलकुमार खनाल, महिला उपाध्यक्ष उदया शर्मा, जनजाती उपाध्यक्ष, लालबाबु पाख्रिन, मधेसी उपाध्यक्ष, योगेन्द्र यादब, खुला उपाध्यक्षहरु गम्भीरलाल श्रेष्ठ, दिपक सुवेदी, शंकर सुवेदी, कृष्णमान श्रेष्ठ, महासचिव विष्णु लामिछाने, उपमहासचिव गगनसिंह विष्ट, इश्वर नेपाली, रामप्रसाद रिमाल, सन्तोष सिंह, कुमार जोसी, सचिव सिता ओझा, नारायण मास्के, भक्त पोख्रेल, कोषाध्यक्ष, श्याम पाण्डे, सहकोषाध्यक्ष भोला उपाध्यय, सभामुख हिरा नेपाल, उपसभामुख मोहनकुमार शाही, लेखा संयोजक टंक पाण्डे छन् ।

सदस्यहरुको निर्वाचनको परिणाम केही बेरमा आउने बताइएको छ ।

ओली समूहबाट अध्यक्ष, बाबुराम थापा, वरिष्ठ उपाध्यक्ष वालकृष्ण गिरी, उपाध्यक्ष वुद्धबहादुर केसी, महिला उपाध्यक्ष सीमा क्षेत्री, खुला रमेश पौडेल, रामप्रसाद खनाल, सोमलाल सुवेदी, सरदसिंह श्रेष्ठ, मधेसीतर्फ रामदेव लालदास, त्यसैगरी उपाध्यक्षमा लक्ष्मणलाल रायमाझी, महासचिव केदार देवकोटा, उपमहासचिव अविराम शर्मा, गोमादेवी कटुवाल, सविच इन्दु शर्मा, कोषाध्यक्ष भुपेन्द्र बस्नेत उम्मेदवार थिए ।

प्रतिक्रिया दिनुहोस्