पैसाको लोभ देखाएर धर्म परिवर्तन गराउनेलाई नछाड्ने कमल थापाको चेतावनी


१२ असार । नेपाल सरकारका उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापाले जबरजस्ती धर्म परिवर्तन गराउने र धर्म प्रचार गर्नेलाई सरकारले कारवाही गर्ने चेतावनी दिएका छन् ।

‘गैरसरकारी संस्था खोलेर धर्म प्रचार र परिवर्तन गराउनेलाई सरकारले कारबाही गर्छ,’ हिन्दूत्व जागरण अभियानका लागि धनकुटा पुगेको थापाले भने, ‘सनातनदेखि चलिआएका धर्मलाई रक्षा गर्ने सरकारको प्रमुख दायित्व हो ।’

पछिल्लो समय सङ्गठित रुपमा गाउँ÷गाउँमा गएर पैसाको लोभमा  धर्म परिवर्तन गर्ने हर्कत भैरहेका बेला थापाले यस्तो चेतावनी दिएका हुन् । पछिल्लो समय मुख्य गरेर क्रिश्चियनहरुले पैसाको लोभमा जबरजस्त धर्म परिवर्तन गराउने गरेको आरोप लाग्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्