पोखराको फेवाताल किनारसहित विभिन्न स्थानमा वृक्षारोपण (फोटो फिचरसहित)


कास्की, २२ जेठ । ४५ औं विश्व वाताबरण दिवसका अवसरमा पोखराको ड्यामसाईट फेवाताल किनारसहित बिभिन्न स्थानमा वृक्षारोपण गरिएको छ । उद्योग, पर्यटन, वन तथा वाताबरण मन्त्रालयको आयोजनामा मन्त्री विकास लम्सालले ड्यामसाईटस्थित फेवाताल किनारमा असारे फुल रोपेर वृक्षारोपणको शुभारम्भ गरे ।
दिवसकै अवसरमा पोखरा वृह्त्त सरसफाई अभियानको संयोजनमा सोमबार र मंगलबार बिभिन्न स्थानमा दुई सयभन्दा बढि विरुवा रोपिएको पोखराकी सफाई अभियान्ता अञ्जु केसीले बताइन् । जिल्ला वन कार्यालय कास्कीले कार्यालय हाताभित्र आँप, लिची, अम्बालगायतका डेढसय विरुवा रोपेको छ । त्यस्तै पोखरा महानगरपालिका वडा नं–५ सहित थुप्रै वडाको अगुवाईमा बिभिन्न स्थानमा वृक्षारोपण सम्पन्न भएको छ ।

पोखरा वृहत्त सरसफाई अभियानका संयोजक राम पौडेलले प्राकृतिक रुपले मनोनरम पर्यटकीय गन्तव्यस्थल पोखराको प्राकृतिक सुन्दरता र वाताबरण जोगाउन सबै पोखराबासी एकजुट बन्नुपर्ने बताए ।

batabaran batabaran1 p1 pok pokhara1 pokhara4

प्रतिक्रिया दिनुहोस्