पोखराबाट प्रचण्डलाई योगेश भट्टराईले भने– ‘मुलुकलाई बिखण्डन गर्ने प्रस्ताव फिर्ता गर्नुहोस्’


१ पुस । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले व्यवस्थापिका संसद्मा पेस गरेको संविधान संशोधन प्रस्तावको आलोचना गरेका छन् । पोखरा रङ्गशालामा शुक्रबारबाट सुरु अन्तर स्थानीय निकाय कर्मचारी सङ्घ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन गर्दै भट्टराईले यस्तो आलोचना गरेका हुन् ।

उनले पहाड र तराईलाई छुट्याएर मुलुकलाई बिखण्ड गर्ने खालको संशोधन मुलुक र जनताको हितमा नरहेको भन्दै सरकारलाई तत्काल संशोधन प्रस्ताव फिर्ता लिई मुलुकको गतिरोध अन्त्य गर्न सुझाव दिए ।

एमाले प्रचार विभाग प्रमुख समेत रहेका भट्टराईले हिमाल, पहाड र तराईको प्रसङ्ग खेलसँग पनि जोड्दै भने– ‘नेपाली टिम राष्ट्रका लागि विदेशमा खेल्छ, त्यो हिमाली, पहाडी र तराइवासी हुँदैन, नेपाली हुन्छ ।’ उनले कसैको रहरले देख विखण्डन नहुने भन्दै सबैलाई समेटेर अघि बढ्न सरकारलाई आग्रह गरे ।

उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड सिद्धान्त मिथ्या  भएको भन्दै उनले सार्वजनिक गरेको आफ्नो सम्पत्ति विवरण पनि त्यत्तिकै मिथ्या भएको पनि आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्