पोखरामा कोरोना संक्रमितको शव व्यवस्थापनमा स्थानीयको अवरोध, ८ जना नियन्त्रणमा


कास्की,११ असार । पोखरामा कोरोना संक्रमितको शव व्यवस्थापनमा स्थानीयको अवरोध गरेपछि प्रहरी र स्थानीयबीच झडप भएको छ। कोरोना संक्रमणबाट गएराति मृत्यु भएका पुरुषको शव व्यवस्थापनका क्रममा पोखरामा  झडप नियन्त्रणमा लिनका लागि बिहीबार दिउँसो प्रहरीले हवाइ फायरसमेत गरेको छ। विरोधमा उत्रेका ८ स्थानीयलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

स्याङ्जास्थित आँधीखोला गाउँपालिका सिरुवारीका ५५ वर्षीय पुरुषको शव व्यवस्थापन गर्ने क्रममा पोखरा–३२ मजुवाका स्थानीयले अवरोध गरेका थिए। शवलाई व्यवस्थापन गर्न स्थानीयले अवरोध गरेपछि झडप भएको कास्की प्रहरी प्रमुख एसपी जीवन श्रेष्ठले जानकारी गराए।

प्रतिक्रिया दिनुहोस्