पोखरा महानगरमा २२ वडासहित मेयर–उपमेयर नै एमाले विजयी (हेर्नुहोस् सूचिसहित)


१२ जेठ । पहिलो चरणको स्थानीय निर्वाचनमा भएका चार महानगरपालिका मध्ये दुई महानगरपालिकाको नजिता सार्वजनिक भएको छ । ती मध्ये एक–एक महानगरपालिकामा एमालेले र काँग्रेसले जित हात पारेको छ ।

ललितपुरमा यस अघि नै काँग्रेसले जितेको छ भने पोखरा–लेखनाथ महानगरपालिकाको मेयरमा नेकपा एमालेका मानबहादुर जिसी विजयी भएका छन् । जिसीले कांग्रेसका उम्मेदवार रामजी कुँवरलाई झण्डै १४ हजार मतान्तरले पराजित गरेका छन् । जिसीले ६० हजार ४२३ मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी कुँवरले ४६ हजार ४७३ मत पाए ।

उपमेयरमा पनि एमालेकै मञ्जु गुरुङ विजयी भइन् । उनले कांग्रेस उम्मेदवार सरस्वती गुरूङलाई झण्डै १४ हजार मतान्तरले पराजित गरिन् ।

मञ्जुले ५६ हजार ४४८ मत पाइन् भने सरस्वतीले ४४ हजार ३३८ मत पाएकी छन् ।
३३ वडा रहेको पोखरा–लेखनाथ महानगर पालिकाका मध्ये २२ वडा अध्यक्ष नेकपा एमालेले विजयी हात परेको छ । काँग्रेसले ११ वडा जितेको छ ।
कुन–कुन वडामा कुन–कुन दल ?
वडा नम्बर–१ नेकपा एमाले
वडा नम्बर – नेपाली काङ्ग्रेस
वडानम्बर–३ नेपाली काङ्ग्रेस
वडानम्बर ४ नेपाली काङ्ग्रेस
५) नेकपा एमाले
६) नेपाली काङ्ग्रेस
७) नेकपा एमाले
८) नेकपा एमाले
९) नेपाली काङ्ग्रेस
१०) नेपाली काङ्ग्रेस
११) नेपाली काङ्ग्रेस
१२) नेपाली काङ्ग्रेस
१३) नेकपा एमाले
१४) नेकपा एमाले
१५) नेकपा एमाले
१६) नेकपा एमाले
१७) नेकपा एमाले
१८) नेकपा एमाले
१९) नेकपा एमाले
२०) नेकपा एमाले
२१) नेकपा एमाले
२२) नेकपा एमाले
२३) नेपाली काङ्ग्रेस
२४) नेकपा एमाले
२५) नेकपा एमाले
२६) नेकपा एमाले
२७) नेपाली काङ्ग्रेस
२८) नेकपा एमाले
२९) नेकपा एमाले
३०) नेकपा एमाले
३१) नेकपा एमाले
३२) नेपाली काङ्ग्रेस
३३) नेकपा एमाले

प्रतिक्रिया दिनुहोस्