पोखरा लेखनाथ महानगरपालिकाको नाम परिवर्तन


काठमाडौं, १२ असार । पोखरा लेखनाथ महानगरपालिकाले नाम परिवर्तन गरेको छ । महानगरपालिकाको सभाले मंगलबार नाम परिवर्तन गरेको हो । महानगरसभाको निर्णयअनुसार अब नयाँ परिवर्तित नाम पोखरा महानगरपालिका मात्र भएको छ । सभाको दुई तिहाई बहुमतले नाम परिवर्तन गर्न सक्ने संवैधानिक कानुनी व्यबस्था छ ।
पोखरा महानगरपालिकामा ३३ ओटा वडाहरु छन् । महानगरसभाको उद्घाटन गत १० गते भएको थियो । लेखनाथ क्षेत्रका जनप्रतिनिधिहरुले भने सभामा नाम परिवर्तनप्रति असहमति जनाएको एक जनप्रतिनिधिले बताए ।

प्रतिक्रिया दिनुहोस्