पोखरा विमानस्थलको धावन मार्गमा जहाज चिप्लियो, यात्रु सहकुशल


पोखरा, ३ असार । पोखरा विमानस्थलमा यति एयरलाइन्सको जहाज धावन मार्गमा चिप्लिए पनि दुर्घटनाबाट जोगिएको छ । यति एयरको नाइन एन एएचयुको कलसाइन भएको जहाजमा रहेका चालक दल र २० जना यात्रु सकुशल रहेको एयरलाइन्सले जनाएको छ । आइतवार काठमाडौंबाट आएको जहाज अवतरण गर्ने क्रममा हाइड्रोलिक फेल भएपछि धावन मार्गबाट घाँसे मैदानमा पुगेको हो ।
काठमाडौंबाट प्राविधिक बोलाएर जहाजमा देखिएको समस्या पहिचान गर्ने यति एयरलाइन्सले जनाएको छ

प्रतिक्रिया दिनुहोस्