पोर्चुगल द्धारा युरो कप उपाधिमाथि कब्जा 


२७ असार ।

युरो कप २०१६ को फाइनलमा फ्रान्सलाई १-० गोल अन्तरले हराउँदै पोर्चुगलले पहिलो पटक उपाधिमाथि कब्जा जमाएको  छ । पेरिसमा भएको युरो कप २०१६ को फाइनलमा फ्रान्सलाई पोर्चुगलले १-० गोल अन्तरले पराजित गरेर युरो कप च्याम्पियन बन्दै इतिहास रचेको हो । पोर्चुगलको जीतका लागि एन्टोनियो इडरले गोल गरेका थिए ।

उनले थपिएको अतिरिक्त समयमा गोल गरेका थिए । चोटका कारण आफ्नो क्यारियरको महत्वपूर्ण फाइनल खेल खेल्न नसकेपछि स्टार खेलाडी रोनाल्डो रुदै मैदानबाट बाहिरिएका थिए ।

प्रतिक्रिया दिनुहोस्