पौडी खेल्दा २ वेपत्ता


मोरङ, २८ साउन । ग्रामथान गाउँपालिका–३ स्थित जुडी खोलाले बगाएर दुई जना बेपत्ता भएका छन ।

पौडी खेल्ने क्रममा रङ्गेली नगरपालिका– २ का ३५ वर्षीय गोपाल मुडियारी र जहदा गाउँपालिका– ३ का १७ वर्षीय मिथुनकुमार मण्डल आइतनबार अपराह्न खोलाले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता निशान थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्