प्यूठानको विपद्प्रति नेता गौतम र पोखरेलद्वारा दुःख व्यक्त


१२ साउन । जिल्लालगायत देशका विभिन्न ठाउँमा विगत केही दिन यतादेखि परेको अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण जिल्लाका धेरै ठाउँमा जनधनको ठूलो क्षति भएको छ ।

अविरल वर्षाका कारण प्यूठानका विभिन्न नदी तथा खोलामा आएको बाढीले धेरै खेतीयोग्य भूमि कटान भएको छ । त्यसैगरी लुङ, फोब्ली, विजयनगर, खुङ, रजवारालगायतका ठाउँका गएको बाढी, पहिरोमा परी ३४ जनाको मृत्यु तथा ५५ जना बेपत्ता, करिब २०० घर गोठमा क्षति पु¥याएको खबरले मलाई दुखित बनाएको छ ।

नेकपा(एमाले)का उपाध्यक्ष वामदेव गौतमले आज एक विज्ञप्ति जारी गरी यस दुःखद् घडीमा मृतकप्रति भावपूर्ण श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारजनमा समवेदना पनि व्यक्त गर्दै  घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

यस प्रकोपको समयमा जिल्लामा रहेका सुरक्षा निकाय, जिल्लास्थित राजनीतिक दल, विभिन्न सामाजिक सङ्घ संस्थालाई सहकार्य एवम् समन्वय गर्दै अगाडि बढ्न पनि उनले अनुरोध गरे ।

यसैगरी नेपाली काँग्रेसका नेता एवम् राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्राडा गोविन्दराज पोखरेलले पनि आजै विज्ञप्ति जारी गरी बाढी, पहिरोजस्ता दैवी प्रकोपको नियन्त्रणमा समयमै सजग र सचेत रहन ध्यानाकर्षण गर्दै तत्काल राहत तथा पुनःस्थापनाको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्