प्रकाशमानले भने– ‘संविधान कार्यान्वयनका लागि सहमति आवश्यक’


३० भदौ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेस नेतृत्वमा बनेको संविधानलाई कार्यान्वयनमा लान आफ्नो पार्टीले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।
नेपाल तरुण दल काठमाडौँले आयोजना गरेको ‘निर्वाचित पदाधिकारी तथा सदस्यको पद हस्तान्तरण’ कार्यक्रममा नेता सिंहले संविधान कार्यान्वयन अहिलेको मुख्य चुनौती भएकाले सबै दल एकजुट हुनुपर्ने बताए ।
नेता सिंहले डेढ वर्षभित्र स्थानीय, प्रान्तीय र केन्द्रीय निकायको निर्वाचन गर्न निकै जटिल रहेको बताए । ‘तीनवटा निकायको निर्वाचन गर्न दलबीच चाँडोभन्दा चाँडो राजनीतिक सहमति हुन आवश्यक छ,’ उनले भने ।’

प्रतिक्रिया दिनुहोस्