प्रचण्डको खुलासा – मेरै प्रस्तावमा मदन,आश्रीत स्मृतिमा एकता घोषणा


काठमाडौ, ३ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मदन आश्रित स्मृति दिवसको अवसरमा पार्टी एकता घोषणा गर्न पाउँदा आफूलाई गर्व लागेको बताएका छन् । २५ औं मदन, आश्रित स्मृति दिवसको अवसरमा एमाले आयोजना गरेको कार्यक्रममा प्रचण्डले मदन आश्रित स्मृति दिवसको अवसरमा पार्टी एकता घोषणा गर्न पाउँदा आफूलाई गर्व लागेको बताएका हुन् ।
उनले भने, मदन भण्डारीको २५औं स्मृति दिवसको दिन नै पार्टी एकता गरौ भनेको मैले हो,। । मदन(आश्रित स्मृति दिवसको दिन पार्टी एकता गर्दा मलाई गर्व छः ’ उनले मदन,आश्रित स्मृति दिवसको दिन पार्टी एकता गरौं भनेर आफूले नै प्रस्ताव गरेको जानकारी पनि गराए ।उनले भने, दोहर्याएर भन्छु, ऐतिहासिक दिनमा एकता गरिरहदा मलाई धेरै ठुलो गर्व छ । यो एकताले मदन,आश्रितप्रति सच्चा श्रद्धाञ्जली हुने उनलेको भनाई छ । एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको चितवनको दासढुंगामा २०५० साल जेठ ३ गते जिप दुर्घटनामा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्