प्रचण्डतिरै फर्काउँदा यस्तो देखिन्छ तथ्य


८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्ध दर्ता गरिएको अविश्वास प्रस्तावको प्रस्तावका रुपमा बोल्दा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अनेक आरोप लगाए । तीमध्ये केही आरोप यस्ता छन्, जो ओलीलाई भन्दा दाहाल स्वयम्लाई बढी सुहाउँछन् ।

१. को बढी अहंकारी ?

केपी ओलीमाथि दाहालले अहंकारीको आरोप लगाए । तर, तथ्यहरु केलाउँदा उनी नेपालका एक नम्बर अहंकारी नेताका रुपमा देखिन्छन् । अहिले हारेर तेस्रो स्थानमा पुग्दा भलै त्यो अहं केही घटेको होला । तर, पहिलो संविधानसभाको निर्वाचनपछिका उनका भाषण सम्झिँदा उनी कति अहंकारी छन् भन्ने प्रस्ट थाहा हुन्छ । हरेक भाषणमा उनी कुम हल्लाउँदै ‘ठूलो पार्टी हुनुका नाताले’ भनेर आफ्नो अहंकार उल्लेख गर्न भुल्दैनथे । साथै, त्यस निर्वाचनमा पराजय भोगेका नेताहरुलाई होच्याउँदै उनी बारम्बार हरुवाहरु भनिरहन्थे ।

२. को बढी आत्मेन्द्रित ?

दाहालले ओलीलाई आत्मकेन्द्रितको आरोप लगाए पनि उनी स्वयम् सबभन्दा बढी आत्मकेन्द्रित नेताका रुपमा देखिन्छन् । होइन भने अहिले कुनै विशेष घटना नभएरै पदका लागि बाहेक गठबन्धन भत्काउनुपर्ने अरु के कारण छ र ? कांग्रेसलाई ‘प्रधान शत्रु’ किटान गरेका दाहाल त्यसैसँग मिल्न जानुका पछाडि आत्मकेन्द्रित सोचबाहेक अरु केही देखिँदैन ।

३. कसले गर्छ बढी उपयोग ?

बहुदलीय व्यवस्थाका विरुद्धमा राजासँग अघोषित कार्यगत एकता समेत गरेर उनले एउटा शक्तिका विरुद्ध अर्को शक्तिलाई उपयोग गर्ने नीति कार्यान्वयन गरेका थिए । पछि एमालेविरुद्ध कांग्रेस र कांग्रेसविरुद्ध एमालेलाई उपयोग गर्न पनि उनले कुनै कसर बाँकी राखेका छैनन् । त्यति मात्र होइन, पार्टीभित्रै पनि कहिले एउटा नेताका विरुद्धमा अर्को नेतालाई उपयोग गर्ने कला समेत उनले देखाएका छन् ।

भाषणका क्रममा दाहालले ओलीबाट आफूलाई उपयोग गरेर भर्यांग बनाउन खोजिएको आक्षेप लगाए । तर, अरुलाई उपयोग गर्ने क्रममा सबभन्दा माहिर दाहाल नै छन् । चीनसँग गएर भारतका कुरा लगाउने, भारतसँग गएर चीनका कुरा लगाउनेसम्म गर्न बाँकी नराखका उनले विगतदेखि नै आफ्नो त्यो इतिहास बनाएका छन् । बहुदलीय व्यवस्थाका विरुद्धमा राजासँग अघोषित कार्यगत एकता समेत गरेर उनले एउटा शक्तिका विरुद्ध अर्को शक्तिलाई उपयोग गर्ने नीति कार्यान्वयन गरेका थिए । पछि एमालेविरुद्ध कांग्रेस र कांग्रेसविरुद्ध एमालेलाई उपयोग गर्न पनि उनले कुनै कसर बाँकी राखेका छैनन् । त्यति मात्र होइन, पार्टीभित्रै पनि कहिले एउटा नेताका विरुद्धमा अर्को नेतालाई उपयोग गर्ने कला समेत उनले देखाएका छन् ।

४. कसले तोड्यो सम्झौता ?

सम्बोधनका क्रममा दाहालले प्रधानमन्त्री ओलीबाट दुई दलबीच भएको सम्झौता तोडिएको गम्भीर आरोप लगाएका छन् । तर, घटनाक्रमहरुले ती सम्झौता तोड्नमा दाहाल स्वयम् अग्रसर भएको देखाएका छन् ।

बैशाख २३ गते दुई दलबीच भद्र सहमति भएको थियो, बजेटपछि ओलीले राजीनामा दिने र दाहाललाई प्रधानमन्त्री बनाउने सहमति पनि भएको थियो । हस्तक्षर गरियो वा गरिएन, राजनीतिमा त्यो ठूलो कुरा होइन । तर, दाहाल बजेट पारित हुँदासम्म भद्र भएर बस्न सके त ? बजेट पारितै भएको छैन, उनले हस्तक्षर नभएको तीन बुँदे सहमति सार्वजनिक गरे, ओलीले राजीनामा दिनुपर्छ भनेर भाषण गरे, उनका वरिपरिकाले अब माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिन्छ भनेर सार्वजनिक रुपमा बोले । बजेट पारित भएपछि दुई दलका शीर्ष नेताहरुको बैठक आयोजना गरेर त्यसमा दाहालले आफ्नो प्रस्ताव राखेर अनि ओलीले नमानेको भए उनको आलोचना गर्न सकिन्थ्यो । तर, अहिले त सम्झौता उल्लंघन पहिला दाहालले नै गरेको देखिएको छ ।

५. के माओवादी सिद्धिन लागेको छैन ?

अध्यक्ष दाहालले ओलीमाथि लगाएको अर्को आरोप हो, उनले माओवादी सिद्धिन लागेको छ भनेर व्यवहार गरे । सरकारमा बसे पनि सिद्धिन्छ, सरकार छाडे पनि सिद्धिन्छ भन्ने ठानेर ओलीले पेलेको दाहालको आरोप छ । के प्रधानमन्त्री ओलीको यो विश्लेषण गलत छ त ?

घटनाक्रमहरुले माओवादी सिद्धिने ओरालो यात्रामा दौडिरहेको देखिन्छ । पाँच वर्ष पहिलासम्म एउटै रहेका माओवादीहरु आज पाँच टुक्रामा विभाजित भएका छन् । माओवादी आन्दोलनका आइडलक तथा भाष्यकार बाबुराम भट्टराई यो आन्दोलनको भविष्य छ्रैन भनेर नयाँ शक्तिका नामा अवतरित भएका छन् । यस्तो अवस्थामा माओवादीले १५ सय सदस्यीय त केन्द्रीय समिति बनाएको छ । कम्युनिस्ट आन्दोलनको इतिहास हेर्दा सकिने बेलामा कम्युनिस्ट पार्टीहरुले यस्ता उट्पट्यांग काम गर्दछन् । उदाहरणका लागि तुल्सीलाल अमात्यले पार्टी विघटन हुने बेलामा यत्रै कमिटी बनाएका थिए ।

७. राष्ट्रियतामाथि किन प्रश्न नउठाउने ?

०६६ सालमा बिनाकारण उनले सेनापतिलाई हटाए, राष्ट्रपतिले थामिदिए । त्यसपछि उनी सत्तामा बस्न सकेनन् र हट्न बाध्य भए । अनि त्यसको सम्पूर्ण दोष भारतलाई दिए । उनले राजीनामा दिएपछि स्वाभाविक विकल्पका रुपमा माधव नेपाल प्रधानमन्त्री भए । त्यसलाई उनले पचाउन सकेनन् र कठपुतलीको आरोप लगाए ।

केपी ओलीको सरकार ढाल्नका लागि विदेशी शक्तिले बल प्रयोग गरेको कुरा सार्वजनिक बहसकै विषय बनिसकेको छ । स्वाभाविक रुपमा यो सरकार ढलेपछि लाभ लिने भएका कारण मोहराका रुपमा पुष्पकमल दाहाल अघि देखिएका छन् । त्यही भएर उनले संसद्मा सरकार परिवर्तनलाई राष्ट्रियतासँग नजोड्न अनुरोध गर्दै पानीमाथिको ओभानो हुने कोसिस गरे । तर, नेपालमा सरकार परिवर्तनलाई राष्ट्रियतासँग सबभन्दा बढी जोड्ने व्यक्ति दाहाल नै हुन् । ०६६ सालमा बिनाकारण उनले सेनापतिलाई हटाए, राष्ट्रपतिले थामिदिए । त्यसपछि उनी सत्तामा बस्न सकेनन् र हट्न बाध्य भए । अनि त्यसको सम्पूर्ण दोष भारतलाई दिए । उनले राजीनामा दिएपछि स्वाभाविक विकल्पका रुपमा माधव नेपाल प्रधानमन्त्री भए । त्यसलाई उनले पचाउन सकेनन् र कठपुतलीको आरोप लगाए । अहिले अहिले राष्ट्रवादी अडान लिइरहेको र दुई देशसँग समदुरीको सम्बन्ध बनाउन खोजिरहको सरकारलाई बिनाकारण हटाइँदा त्यसलाई राष्ट्रियतासँग किन नजोड्ने ?

८. प्रचण्डले एमालेलाई एकतर्फी दिएका मात्रै छन् ? केही पाएका छैनन् ?

संसद्मा उभिएर बोल्दा दाहालले एमालेका तीनजना नेतालाई आफूले प्रधानमन्त्री बनाइदिएको घमण्ड प्रदर्शन गरे । माधवकुमार नेपाललाई प्रधानमन्त्री हुन नदिन र भइसकेपछि पनि टिक्न नदिनका लागि आफूले गरेका हर्कतमाथि पर्दा हालेर उनले आफ्नो महिमा मण्डन गरिरहँदा एमालेले लगाएको गुनलाई भने उनले पटक्कै सम्झिएनन् ।

संविधानसभाको निर्वाचन भइसकेपछि पनि गिरिजाप्रसाद कोइरालाले सत्ता छाडेका थिएनन् । एमालेलाई राष्ट्रपति दिने गरी भएका सम्झौता भारतीय गुप्तचर एजेन्सीको पहलमा दाहालले उल्लंघन गरेका थिए । त्यस्तो अवस्थामा एमालेले साथ नदिएको भए उनी कुनै हालतमा प्रधानमन्त्री हुनै सक्ने थिएनन् । अपमान पिएर एमालेले उनलाई प्रधानमन्त्री बनाएको थियो भन्ने कुरा उनले बिर्सिएपछि इतिहासले बिर्सेको छैन ।

०६५ सालमा दाहाललाई एमालेले नै प्रधानमन्त्री बनाएको थियो । संविधानसभाको निर्वाचन भइसकेपछि पनि गिरिजाप्रसाद कोइरालाले सत्ता छाडेका थिएनन् । एमालेलाई राष्ट्रपति दिने गरी भएका सम्झौता भारतीय गुप्तचर एजेन्सीको पहलमा दाहालले उल्लंघन गरेका थिए । त्यस्तो अवस्थामा एमालेले साथ नदिएको भए उनी कुनै हालतमा प्रधानमन्त्री हुनै सक्ने थिएनन् । अपमान पिएर एमालेले उनलाई प्रधानमन्त्री बनाएको थियो भन्ने कुरा उनले बिर्सिएपछि इतिहासले बिर्सेको छैन ।

अहिले केपी ओलीलाई प्रधानमन्त्री बनाउँदा पनि दाहालले एकतर्फी वा निःशुृल्क सहयोग गरेका होइनन् । ओलीलाई प्रधानमन्त्री बनाएवापत नै उनले किनारा लगाइएको लडाकु कमान्डर नन्दबहादुर पुनलाई उपराष्ट्रपति बनाउन सकेका हुन्, आफूलाई विभिन्न प्रकारले धम्काएर काबुमा राखिरहने वर्षामान पुनकी लडाकु पत्नी ओनसरी घर्तीलाई सभामुख बनाउन पाएका हुन् । के एमालेले सहयोग नगरेको भए वा एमालेलाई उनले एकतर्फी सहयोग गरेको भए यी पद आफ्नै मत संख्याका आधारमा माओवादीले जित्ने थियो ? ओलीलाई प्रधानमन्त्रीमा सहयोग गरेकै कारण रोजेका आठ मन्त्रालय माओवादीले पाएको हो भन्ने कुरा पनि उनले उल्लेख गर्न बिर्सिएका छन् ।

प्रतिक्रिया दिनुहोस्