प्रचण्डमाथि बाबुराम भट्टराईका पाँच आरोप, नेपाललाई भुटानीकरण गर्न खोजेको भन्दै सडकमा


१४ असोज ।  डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भारत भ्रमणका क्रममा गरेको २५ बुँदे संयुक्त वक्तव्य नेपाललाई भुटानीकरण गर्ने आसयको भएको भन्दै त्यसको विरोधमा शुक्रबार भद्रकालीमा धर्ना दिएको छ ।

नयाँ शक्तिका प्रमुख रहेका भट्टराईसहितका नेताले औपचारिक रुपमै प्रचण्ड नेतृत्वको सरकारको विरोध गर्दै धर्ना दिएका हुन् । २५ बुँदे संयुक्त वक्तव्यलाई नयाँ शक्तिले राष्ट्रघात भन्दै स्वाभिमानी नेपालको शिर झुकाएको आरोपसमेत लगाएको छ ।

नयाँ शक्तिले संघीयताको मर्मलाई समाप्त गर्ने गरी पञ्चायतकालीन इलाकालाई गाउँपालिकामा रुपान्तरण गर्ने सरकारको निर्णयलाई पनि प्रतिगामी भनेको छ ।

दैनिक उपभोग्य बस्तुहरुको कृतिम अभाव, महंगी, कालोबजारी र यातायात क्षेत्रको सिण्टिकेट जस्ता कुरामा पनि सरकार रमिते बनेको  भन्दै त्यसको विरोधमा धर्ना बसेको नयाँशक्तिले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्