प्रचण्डलाई खुलापत्रः के नेपालको राष्ट्रिय पोशाक सुटबुट हो ?


१ कात्तिक । हरेक चाड धर्म होइनन्, संस्कृति हुन् । भौतिकवादले धर्म र संस्कृतिभित्र रहेका अन्धविश्वासप्रति क्रान्ति गर अन्धविश्वासी नबन् भन्छ तर धर्म र संस्कृति त्याग भन्दैन । हरेक राष्ट्रका आ–आफ्नै राष्ट्रिय पहिचान हुन्छन् ।  ब्रिक्स र बिमस्टेक आउट रिच सम्मेलनमा सहभागी हुन भारतको गोवा पुगेका म्यानमार, बंगलादेश, भारत, श्रीलंका, भुटान र नेपालका प्रधानमन्त्रीहरू दायाँबाट क्रमशः उभिएका छन् । हरेक देशका प्रधानमन्त्रीले आ–आफ्नो देशलाई चिनाउने राष्ट्रिय पोशाक लगाएर उपस्थित हुँदा नेपालका प्रधानमन्त्री सुटबुटमा ठाँटिनुपर्ने किन ? के नेपालको राष्ट्रिय पोशाक सुटबुट हो ?

राष्ट्रिय भाषा हिन्दी राख्नुपर्ने, हरेक क्षेत्रमा नेपाल सरकार र नेपालका लागि भारतीय दूतावासको सहकार्य हुनुपर्ने, धर्मनिरपेक्षताको नाममा कुनै धर्मलाई आत्मसम्मान र कुनै संस्कृतिलाई बहिष्कार गर्ने, राष्ट्रिय पहिचान मेटाएर पहिचानका नारा लगाउँदै हिँड्ने यो कस्तो क्रान्तिकारी छलाङ हो तिम्रो प्रचण्ड ?  अनमोल आभास 

प्रतिक्रिया दिनुहोस्