प्रचण्डलाई पद छाड्न र लोकमानलाई राजीनामा दिन योगेश भट्टराईको सुझाव


८ कात्तिक । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चुनाव गर्न नसके तत्काल पद छाड्न सुझाव दिएका छन् । एमाले व्यास नगर कमिटीले दसैँतिहार, छठ र नेपाल संवत्का अवसरमा आयोजना गरे शुभकामना आदानप्रदान एवम् चियापान कार्यक्रममा नेता भट्टराईले यस्तो बताएका हुन् । उनले प्रचण्डसँग दुई विकल्प मात्र रहेको दाबी गरे । कि चुनाव गर्ने नभए प्रधानमन्त्री पद छाड्ने  ।
कार्यक्रममा सम्बोधन गदै उनले  निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई तत्काल राजीनामा दिन पनि सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्