प्रचण्डलाई प्रधानमन्त्री बनाउनु समयको माग होः कोइराला


१६ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले असहमतिमा रहेका राजनीतिक दल र समूहलाई सहमतिमा ल्याएर मात्र संविधानको कार्यान्वयन सहज हुने बताएका छन् ।

नेपाली कांग्रेस बाँकेद्वारा शनिबार आयोजित अन्तरक्रियामा उनले भने– ‘संविधानमा सबैले अपनत्व ग्रहण गर्नुपर्छ, पहाडदेखि हिमालसम्मका सबै नेपालीको मन संविधानले छुन सक्नुपर्छ, त्यसो भए मात्र संविधान कार्यान्वयन सहज हुन्छ ।’

कांग्रेस रहर, लोभ र सोख पूरा गर्न नभई लोकतन्त्रको संस्थागत विकास, संविधानको सही कार्यान्वयन र विधिको शासन स्थापित गर्न सरकारमा सहभागी हुन लागेको हो भने ।

कार्यकर्ताको जिज्ञासामा उनले भने– ‘माओवादी केन्द्रसँग सरकारमा सहभागी हुनु समयको माग हो, केपी ओली नेतृत्वको सरकार लोकतन्त्रिक मूल्य, मान्यताबाट विमुख भएकाले नै सरकार परिवर्तन गर्नु परेको हो ।’ रासस

प्रतिक्रिया दिनुहोस्