प्रचण्डलाई माधव नेपालको सुझाव, ‘संशोधन प्रस्ताव फिर्ता लिएर निर्वाचनको वातावरण बनाउनुहोस्’


 ८ पुस । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सरकार आवश्यक नभएको संविधान संशोधन प्रस्ताव दर्ता गराएर निर्वाचन नगराउने खेलमा लागेको आरोप लगाएका छन् । सिरहाको लहानमा आयोजित नेकपा एमालेको २ नं प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा वरिष्ठ नेता  नेपालले तत्काल संशोधन प्रस्ताव फिर्ता लिएर निर्वाचनमा जानुपर्नेमा जोड दिए ।

प्रशिक्षण कार्यक्रममा अर्का वरिष्ठ नेता झलनाथ खनालले संविधान संशोधन प्रस्तावको कुनै औचित्य नभएको बताए । खनालले साझा सहमतिका आधारमा बनेको संविधानलाई कार्यान्वयन गरेर देश अगाडि बढाउनुपर्ने बेलामा सरकारले संविधान संशोधनको प्रस्ताव दर्ता गराउनु गलत भएको टिप्पणी गरे । ‘अहिलेको संविधानले मधेसी, पहाडी, हिमाली सबै जनतालाई बराबरी अधिकार दिएकाले संशोधनको आवश्यकता छैन’ उनले भने ।

महासचिव ईश्वर पोखरेलले अङ्गीकृत नागरिकलाई राज्य र सरकार प्रमुख बनाएर नेपालका वास्तविक नागरिकको अधिकारलाई कुण्ठित गर्न नहुने बताउँदै संसारमा हुँदै नभएको अभ्यास नेपालमा लागु गर्ने प्रयास गरिए एमालेले कडा प्रतिवाद गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्