प्रचण्डलाई शेरधनको सुझाव– ‘नक्कली हाँसो हाँसेर केही हुनेवाला छैन’


२ असोज । चार दिने औपचारिक भारत भ्रमण पूरा गरी आइतबार स्वदेश फर्किएका नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले नेता शेरधन राईले संविधान कार्यान्वयनमा उदासिन भएको आरोप लगाएका छन् ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले यस्तो आरोप लगाएका हुन् । राइले संविधान घोषणा भएको दिनलाई कालो दिवसको रुपमा मधेसी मोर्चाको घोषणाप्रति पनि प्रश्न उठाएका छन् । संविधान घोषणा भएको दिनलाई कालो दिवसका रुपमा मनाउने भन्दै विरोध गर्ने अनि प्रधानमन्त्रीको भारत भ्रमणमा सहभागी हुने चरित्रको उनले खुलेर आलोचना गरे ।

राईले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा जारी संयुक्त वक्तव्यमा प्रधानमन्त्री प्रचण्ड गम्भीर रुपमा चुकेको र झुकेको पनि आरोप लगाए । राईले केही कुराहरु खुलिसकेको भन्दै अरु विस्तारै खुल्दै जाने पनि दाबी गरे । ‘अहिले नक्कली हाँसो हाँसेर केही हुनेवाला छैन,’ उनले भने ।

सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले सरकार र मधेसी मोर्चाबीच भएको तीनबुँदे सहमति कार्यान्वयनतर्फ उन्मुख रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्