प्रचण्डले विराटनगरलाई महानगरपालिका बनाउन पहल गर्ने


१० चैत । नेकपा माओवादी केन्द्रले मोरङको विराटनगरलाई महानगरपालिका बनाउन पहल गर्ने निर्णय गरेको छ । बिहीबार बसेको माओवादी संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।

ललितपुरसँगै यस अघि विराटनगर पनि उपमहानगरपालिका थियो । त्यसैगरी पोखरा पनि उपमहानगरपालिका नै थियो । अहिले दुबै महानगरपालिका भएका छन् । ती दुईसँगै चितवनको भरतपुरलाई पनि नयाँ महानगरपालिका घोषणा गरेको छ । तर, विराटनगर भने अहिले पनि उपमहानगरपालिका नै रहनु दुःखद भएको भन्दै माओवादीले महानगरपालिका बनाउनु पर्ने दाबी गरेको हो ।

माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डको उपस्थितिमा बसेको बैठकले गोविन्द गौतमको ज्यान जाने गरी कञ्चनपुरमा भएको गोलीकाण्डमा भारतले माफी माग्नुपर्ने निष्कर्ष समेत निकालेको छ । बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे पनि छलफल भएको थियो । बैठकमा प्रचण्डले समसामयिक राजनीतिक अवस्था र चीन भ्रमणबारे जानकारी गराएका थिए । उनले आफू चीनबाट फर्किएलगत्तै मधेसी मोर्चासँस सहमति हुने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्