प्रचण्डसँगै पाँच मन्त्रीले ईश्वर र जनताका नाममा सपथ लिए, अर्जुननरसिंह केसी अन्तिममा आउट


२० साउन । नवनिर्वाचित प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएका छन् । उनले देश र जनताका नाममा सपथ लिए । दोस्रो पटक प्रधानमन्त्री निर्वाचित भएको प्रचण्डसँगै उपप्रधानमन्त्री कृष्णबहादुर महरा, गौरीशंकर थारु र दलजित श्रीपाइलीले पनि देश र जनताका नाममा सपथ लिए ।

थारुले कृषि र श्रीमाइलीले युवा तथा खेलुकद मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन् ।  त्यसैगरी कांग्रेसबाट सरकारको नेतृत्व गर्दै गएका विमलेन्द्र निधीले भने ईश्वरका नाममा सपथ लिए । उनले उपप्रधान र गृह मन्त्रालयको जिम्मेवारी लिने भएका छन् ।

अर्का मन्त्री रमेश लेखकले पनि सपथ लिए । पहिलो चरणमा पाँच सदस्यी मन्त्रीमण्डल विस्तार भएको छ । कांग्रेसका तर्फबाट अर्जुननरसिंह केसीले पनि सपथ खाने चर्चा थियो । तर, अन्तिममा उनले सपथ लिएनन् ।

प्रतिक्रिया दिनुहोस्