प्रचण्डसँग पुनः सहयात्राको सम्भावना छैन : अध्यक्ष वैद्य


५ भदौ । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले आफ्नो प्रचण्डसँग पुनः सहयात्राको सम्भावना नहेको  बताएका छन्  । जनताको हितको दृष्टिले वर्तमान सरकारको सफलताको कसी प्रष्ट छैन भन्दै उनले सरकारको सफलताको कुनै आधार नभएको बताए ।

जनकपुर  आज आयोजित पत्रकार सम्मेलनमा उनले संशोधन र पुनर्लेखनले वर्गीय र मधेसीको हित हुन नसक्ने धारणा राखे । उनले  संविधानमा आमूल परिवर्तनको खाँचो औँल्याएका छन्।

मधेसवादी दलमा मधेसको हितभन्दा पनि संसद्को मोहका कारण आन्दोलनलाई गन्तव्यमा पु¥याउन नसकेको भन्दै उनले दलहरूले दिने गरेको धोकाबाट सजग रहनु जरुरी छ भने । अध्यक्ष वैद्यले आफ्नो दल देशमा नयाँ आन्दोलनको तयारीमा लागिपरेको पनि बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्