प्रचण्ड आफ्नो ज्यानको डरले भारतको पक्षमा पुगेका हुन् ?


११ साउन । तीनवटा चुनाव गर्ने, त्यसमा कार्यगत एकता गर्ने र भविष्यमा पार्टी एकता समेत गर्ने गरी एमालेसँग सम्झौता गरेका पुष्पकमल दाहाल एकाएक भारतको चाहना पूरा गर्ने गरी त्यसबाट पछि हट्नुको के कारण हुन सक्छ ? भारतीय संस्थापन निकट हिन्दुस्तान टाइम्सले ‘शंकादेखि सहकार्यः ओलीलाई सत्ताच्युत गर्न नेपालको माओवादी कसरी भारततिर ढल्कियो’ शीर्षकमा प्रकाशित गरेको विश्लेषणले डरलाग्दो तस्वीर सार्वजनिक गरेको छ ।

प्रशान्त झाले काठमाडौंको डेटलाइनबाट अस्ति लेखेर हिजो प्रकाशित उक्त विश्लेषणका अनुसार, भारतीय पक्षबाट आफ्नो ज्यानमाथि खतरा रहेको थाहा पाएर दाहालले एमालेसँगको समीकरण तोडेर भारतलाई अनुकूल हुने समीकरण बनाएका हुन् । उक्त समाचारमा उल्लेख छ, ‘यसै वर्षका जनवरीमा माओवादी अध्यक्ष दाहालले एकजना भारतीय अधिकारीलाई भेटे र भारतले आफूलाई समाप्त पार्न षड्यन्त्र गरेको एउटा दस्तावेज उनलाई देखाए । दाहालको ज्यानमाथिको खतरासँगै आफ्नो पार्टी विभाजन गरेर बाबुराम भट्टराई बलियो बनाउन खोजेको पनि दाहालले उनलाई बताए ।’

भारतीय ती अधिकारीले आफूलाई थाहा नभएको ‘भारतले षड्यन्त्र गर्दै छ भनेर प्रचण्डलाई कसरी थाहा भयो ?’ भनेर सोधे । प्रचण्डले उनको पार्टीको कुनै नेताले भारतीय गुप्तचर एजेन्सीसँग भएको दस्तावेज हात पारेको जवाफ दिए ।

उक्त विश्लेषणमा उल्लेख छ, ‘नाम उल्लेख नगरिएका ती भारतीय अधिकारीले यसलाई पूरै गलत बताए र कसैले उनलाई गलत सूचना दिएको बताए । साथै, भारतले कहिल्यै पनि यस्तो सोच्न नसक्ने भने । भारतीय ती अधिकारीले आफूलाई थाहा नभएको ‘भारतले षड्यन्त्र गर्दै छ भनेर प्रचण्डलाई कसरी थाहा भयो ?’ भनेर सोधे । प्रचण्डले उनको पार्टीको कुनै नेताले भारतीय गुप्तचर एजेन्सीसँग भएको दस्तावेज हात पारेको जवाफ दिए ।’

अजित डोबल हाँसे

माओवादी नेताले अन्यत्र पनि यस्तो कुरा भनेको दावी पनि त्यहा छ, ‘माओवादी नेताले यस्तै भनाइ मध्यस्थकर्तासँग पनि राखे । उक्त भनाइ भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसम्म पनि पुग्यो, उनले यसो हेरे र हाँसे ।’

भारतसँग ‘गहिरो सहकार्य’ को खोजी

‘छ महिनाभित्र गहिरो शंकाबाट बाहिर निस्केर दाहालले भारतलाई विश्वास गर्दै केपी ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरे’, पत्रिका लेख्छ, ‘यो खेल परिवर्तन गर्ने निर्णय थियो, जसले ओलीलाई राजीनामा गर्न बाध्य बनायो । नेपालको नेतृत्व लिनका लागि तयारी गरिरहेको बेला माओवादी नेताले भारतसँग गहिरो सहकार्य खोजिरहेका छन् ।’

यो कसरी सम्भव भयो त ?

एउटा देशमा एउटै मात्र कम्युनिस्ट पार्टी रहन्छ र एमालेले आफूलाई निल्छ भन्ने डर त माओवादीलाई थियो नै, मुख्य कुरा भारतसँग प्रगाढ सम्बन्ध नराखी हुँदैन भन्ने महसुस मुख्य कारण थियो । छ महिना पहिला नै हिन्दुस्तान टाइम्सलाई दाहालले भनेका थिए, ‘यो शान्ति प्रक्रिया कांग्रेस र हाम्रो सहकार्यबाट र भारतको सदिच्छाबाट भएको हो । यो हाम्रो प्राकृतिक सहकार्य हो र म यसमा फर्किनेछु ।’

अर्को कारणका रुपमा भारतले युद्ध अपराध जस्ता विषयहरुमा आफूलाई सहयोग र सुरक्षा गर्छ भन्ने पनि दाहाललाई परेको छ ।

भारतले दियो चार पटक पुरस्कार र चार पटक दण्ड

समाचारमा कांग्रेस सांसद अमरेशकुमार सिंहलाई भनेको उद्यृत गर्दै लेखिएको छ, ‘भारतले मलाई चार पटक पुरस्कार दियो– शान्ति प्रक्रियामा सहयोग, २००८ मा प्रधानमन्त्रीमा नियुक्ति, गणतन्त्र घोषणा र माओवादी लडाकुको समायोजन । तर, मलाई भारतले चार पटक नै दण्ड दियो– २००९ मा प्रधानमन्त्रीबाट बहिर्गमन र प्रधानसेनापतिलाई समर्थन, प्रतिद्वन्द्वी बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउन प्रोत्साहन, २०१३ को निर्वाचनमा माओवादीको पराजय र पार्टी विभाजनमा बाबुराम भट्टराई सहयोग ।’

बधाई सन्देश तयार भइसक्यो

हिन्दुस्तान टाइम्स लेख्छ, ‘भारतीय प्रधानमन्त्री कार्यलयमा प्रचण्डलाई प्रधानमन्त्री बनेपछि दिने बधाई सन्देश तयार भइसकेको छ र प्रधानमन्त्री मोदीले छिटोभन्दा छिटो भारत भ्रमण गर्न निम्ता दिनेछन् ।’

पत्रिकाले ‘अहिले प्रचण्डले भारतीय अधिकारीसँगको भेटमा आफ्नो सरकारलाई सहयोग, विकास परियोजना, मधेसका मुद्दाको समाधान र दीर्घकालीन सहकार्य लागि अनुरोध गरिसकेका छन्’ भन्ने उल्लेख गरेको छ ।
हिन्दुस्तान टाइम्स लेख्छ, ‘भारतीय प्रधानमन्त्री कार्यलयमा प्रचण्डलाई प्रधानमन्त्री बनेपछि दिने बधाई सन्देश तयार भइसकेको छ र प्रधानमन्त्री मोदीले छिटोभन्दा छिटो भारत भ्रमण गर्न निम्ता दिनेछन् ।’

स्वर्णिम मौका कि अन्तिम मौका ?

माओवादीलाई सुझाव दिँदै अन्तिममा उल्लेख छ, ‘स्वर्णिम अवसर हुन्छ कि अन्तिम अवसर हुन्छ ? आन्तरिक शासनका अलावा दिल्लीसँगको समीकरणले निर्भर गर्नेछ ।’

आफू सकिने दिशामा अघि बढिरहेको महसुस दाहाललाई भएको उक्त पत्रिकाले उल्लेख गरेको छ । त्यहाँ लेखिएको छ, ‘हालै जब एक मध्यस्थकर्ताले ‘स्वर्णिम मौका’ का लागि बधाई दिए, तब माओवादी नेताले ‘अन्तिम मौका’ पनि हो भने ।’
माओवादीलाई सुझाव दिँदै अन्तिममा उल्लेख छ, ‘स्वर्णिम अवसर हुन्छ कि अन्तिम अवसर हुन्छ ? आन्तरिक शासनका अलावा दिल्लीसँगको समीकरणले निर्भर गर्नेछ ।’

पूरा विवरण हेर्नूस्

प्रतिक्रिया दिनुहोस्